Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

यस्तो छ पौराणिक कालमा छठ पर्वको धार्मिक महत्व

छठको मुख्य दिन, अस्ताउँदो सूर्यको पूजा अर्चना गरी मनाइँदै

काठमाडौं, कार्तिक २७ ।

मंगलबार छठ पर्वको मुख्य दिन अस्ताउँदो सूर्यलाई पूजा गरी मनाइँदै छ ।

मंगलबार काठमाडौं उपत्यकासहित मिथिलञ्चल क्षेत्रमा सूर्यको उपासना र पूजा आराधना गरी छठ उल्लासपूर्वक मनाइँदै छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठको मुख्य दिन मंगलबार साँझ अस्ताउँदो सूर्यको पूजा आराधना गरिन्छ । बुधबार उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि छठ पर्व सम्पन्न हुन्छ । छठका व्रतालुले कात्तिक शुक्ल चतुर्थीदेखि नै चोखो खानपान गरी शुद्ध भएर बस्ने गर्छन् ।

ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रौपदी सहित पाँच पाण्डव अज्ञात वासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो।

उक्त समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोक कथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।

सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुवात भएको विश्वास गरिन्छ ।

साम्ब पुराणमा आफ्नै पिता श्रीकृष्ण तथा महर्षी दुर्वासाको सरापद्वारा कुष्ठरोगबाट पीडित साम्व सूर्यको आरधनाको फलस्वरूप रोगमुक्त हुन गएको भन्ने चर्चा छ । छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । यसमा झुप्पा–झुप्पा फल चढाउँदा सूर्य देवता प्रसन्न भई व्रतालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता पाइन्छ । यस पर्वमा जो व्रत बस्न सक्दैन उसले अर्कोबाट व्रत गराउने गर्छन् । आर्थिक अभाव भएका मानिस भिक्षा मागेरै भए पनि यो पर्व मनाउने गर्छन् ।

छठ पर्वका लागि राजधानीको गुह्येश्वरी, गहनापोखरी, कमलपोखरीलगायत वाग्मती, बल्खु, नख्खु र विष्णुमती लगायत नदी किनारमा सजावट गरिएको छ । प्रशासनबाट

कमेन्ट गर्नुहोस्

%d bloggers like this: