Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

हराएको ६० हजारको चेक फिर्ता

काठमाडौँ ।

राजधानीको सडकमा फेला परेको ६० हजारको चेक सम्बन्धित व्यक्तिलाई फिर्ता गरिने भएको छ ।

मंगलबार बिहान मैतीदेवीबाट पुरानो बानेश्वर भीमसेनगोला पुलनजिकै यात्रुवाहक गाडीबाट उत्रेपछि तत्कालै ६० हजारको चेक प्रेस काउन्सिल नेपालका उप-प्रशासकीय अधिकृत रामप्रसाद पोखरेलले भेटेका हुन् ।

पोखरेलले अफिस जाने क्रममा बाटोको फेला परेको सो चेक नं. ००३३६४२३७५ एभरेष्ट बैँक लिमिटेड बानेश्वर शाखा रहेको छ भने सो चेक नगेन्द्र मण्डलको नाममा नेपाल एक्प्रो प्राइभेट लिमिटेडले जारी गरेको छ । अर्घाखाँची नगरपालिका वडा नं. ११ स्थानीय ठेगाना भएको पोखरेल हाल मैतिदेवी काठमाडौँमा बसोबास गर्दै आइरहेका छन् ।

उनले सो चेक फेला पारेपछि अफिसमा आएर टेलिफोन सोधपुछ शाखामा खबर गरी नागेन्द्र मण्डल र नेपाल इक्प्रो प्रालिको सम्पर्क नम्बर पत्ता लगाएको पोखरेल बताउँछन् । अफिसका स्टाफलाई आफ्नो मोबाइल नम्बर टिपाई सम्बन्धित व्यक्तिलाई नगेन्द्र मण्डलको नाममा रहेको ६० हजारको चेक आफूले प्राप्त गरेको जानकारी दिएका थिए ।

नेपाल एक्प्रोका कार्यकारी निर्देशक नागेन्द्र महोतोसँग सम्पर्क गर्दा चेक भेटिएको भनी आफूलाई रामप्रसाद पोखरेल सरले फोन गरेकोमा खुशी व्यक्त गर्दै उनी भन्छन्– सुरुमा चेक हराउँदा म आत्तिएको थिएँ । एक्कासी पोखरेल सरको फोन आएपछि ढुक्क भएँ । तैपनि चेक रोक्का राखेको छु आइतबार आएर चेक लिन्छु भनेर पोखरेल सरलाई भनेको छु । यतिबेला नागेन्द्र महतो छठ मनाउनका लागि उपत्यका बाहिर रहेको उनीसँग फोन सम्पर्क गर्दा बताएँ । आजकलका मानिसहरुमा स्वार्थीपन बढ्दै गइरहेको बेला इमान्दारिताका साथ भेटिएको चेक फिर्ता फोन गर्नु खुशीको कुरा हो, महतोले बताए ।

समाजमा इमान्दारिताका खडेरी परिरहेको बेला पोखरेलको यो कदम तारिफयोग्य मान्न सकिन्छ । अहिले समाजमा पैसा भनेपछि मरिहत्ये गर्ने र पैसालाई नै सर्वेसर्वा ठानिरहेको बेला पोखरेलले आफ्नो इमान्दारितापन देखाएर सम्बन्धित व्यक्ति र संस्थालाई सम्पर्क गरी चेक हस्तान्तरण गर्ने कार्य प्रशंसनीय छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: