दश दिनसम्म हुने केदारनाथ मेला शुरु

अछाम, कात्तिक २७ ।

लगातार १० दिनसम्म चल्ने अछाम जिल्लाकै सबैभन्दा ठूलो केदारनाथ मेला सोमबारबाट शुरु भएको छ । कात्तिक शुक्ल पञ्चमीदेखि चतुर्दशीसम्म केदारनाथ देवताको पूजाआजा गरी मनाइने मेलालाई ‘जामाको जात्रा’ नामले पनि पुकारिने गरिन्छ ।

जिल्लाको कमलबजार नगरपालिका–७ जामा गाउँमा लाग्ने यस मेलाले छुट्टै महत्व बोकेको यस क्षेत्रका जानकार बताउँछन् । लगातार १० दिनसम्म केदारनाथ र छडाल देवताको धेवर लगाई त्रयोदशीका दिन खला नाच्ने छडाल देवताका धामी झङ्करे ढोलीले बताए ।

याे पनि पढ्नुस  कर्णाली नदीमा पक्की पुल बनेसँगै यात्रा गर्न सहज

यसवर्ष तिथिको घटबढका कारण मङसिर ५ गते खला नाच्ने र ६ गते केदारमाडाँैमा होम गरिने पुजारी मनिराम खतिवडाले जानकारी दिए । डोटेली संस्कृतिमा आधारित देवता नाच हेर्न छिमेकी डोटी, सुर्खेत, दैलेख र कैलाली जिल्लासमेतबाट दर्शनार्थीको घुइँचो लाग्ने गर्दछ ।

अछाममा १० दिनसम्म लाग्ने एकमात्र ऐतिहासिक महत्वको केदारनाथ मेलाको यस क्षेत्रमा महत्व थप बढ्दै गएको स्थानीयवासी बताउँछन् । केदारनाथ देवताको पूजापाठ गर्दा अन्न, सन्तान र पशुलाभ हुने धार्मिक एवं ऐतिहासिक विश्वास रहिआएको केदारनाथका मूलधामी इन्द्रे कामीले बताए ।

याे पनि पढ्नुस  अछामका सात स्थानीय तहमा बैंकिङ सेवा छैन

धार्मिक तथा सांस्कृतिक महत्वका यस्ता चाडपर्वको प्रचारप्रसार गरी पर्यटकलाई आकर्षण गर्न सके यस क्षेत्रको विकासले गति लिनसक्ने भन्दै यसतर्फ स्थानीय सरकार र सरोकारवालाले ध्यान दिनुपर्ने स्थानीय भीम खतिवडाको भनार्इ छ ।

देउसी भैलोको रकम विद्यालयलाई

अछामको चौरपाटी गाउँपालिका–२ सोकटमा विद्यालयको स्तरोन्नतिका लागि खेलिएको देउसी भैलो कार्यक्रमबाट रु पाँच लाख छ हजार सङ्कलन भएको छ । ८ सय २० जना विद्यार्थी अध्ययनरत दशपल्ले माविको कक्षा १२ सम्म सञ्चालन गर्न तथा विद्यालयको अवस्था सुधार गर्ने उद्देश्यसहित सोकटका स्थानीय सरोकारवाला, शिक्षक, विद्यार्थी अभिभावक मिलेर सामूहिक रुपमा देउसी भैलो खेलेर उक्त रकम संकलन गरेका हुन् ।

याे पनि पढ्नुस  अछाम दरबार पुनःनिर्माणमा लापरवाही

चौरपाटी गाउँपालिकाका सबै वडाका टोल टोल, स्थानीय बजार र जिल्लाको मुख्य व्यापारी केन्द्र साँफेबगरमा वडाबाट चार टोली विभाजन गरी देउसी भैलो खेलिएको थियो । संकलित रकमले विद्यालयको भौतिक अवस्था सुधारका लागि पहल गरिने स्थानीय झंकर साउदले बताए । रासस

कमेन्ट गर्नुहोस्