Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

छठ पर्वको अवसरमा फेरियो कमलपोखरीको रुप

काठमाडौँ, कात्तिक २७ ।

छठ पूजा गर्न थालेसँगै काठमाडौँको नदी तथा पोखरीको रूप फेरिएको छ । काठमाडाँैमा छठ पूजामा सबैभन्दा बढी जनसहभागिता रहने कमलपोखरी छठ पर्वका लागि सिँगारिएको छ ।

छठ मनाउन शुरु गरेसँगै अहिले कमलपोखरीको मुहार फेरिएको छ । विगतमा फोहर फाल्ने ठाउँ बनेको कमलपोखरी अहिले घुमघाम गर्ने तथा समय बिताउने आकर्षक ठाउँ बनेको छ । सरसफाइ र संरक्षण पाएपछि कमलपोखरीमा अहिले दैनिक सयौँ व्यक्ति घुमघामका लागि आउने गरेको स्थानीयवासी बताउँछन् ।

काठमाडौं क्षेत्र नं ४ का सांसद गगनकुमार थापाले कमलपोखरीको सरसफाइ, मर्मत, संरक्षण र प्रवद्र्धनका लागि आफ्नो तर्फबाट सहयोग गर्दै आएका छन् । सांसद थापाकै सक्रियतामा कमलपोखरी संरक्षण गुरुयोजना पनि बनाइएको छ ।

विसं २०६३ पछि काठमाडौँको थापाथली, गौरीघाट र रानीपोखरीमा गर्न थालिएको छठ पूजा कमलपोखराीमा आठ वर्ष अगाडि थालिएको हो ।

यहाँ अन्य ठाउँमा भन्दा भव्य पूजा र जनसहभागिता हुने गरेको छ । विशेषगरी तराईमा मनाइने मिथिला संस्कृतिमा आधारित छठ पर्व विसं २०४६ पछि काठमाडौँ उपत्यकालगायत पहाडी जिल्लामा पनि मनाउन थालिएको हो । रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: