राखेपमा रिक्त तीन सदस्य नियुक्त

काठमाडौँ, कात्तिक २७ ।

नेपाल सरकारले राष्ट्रिय खेलकूद परिषद् (राखेप)मा रिक्त तीन जना सञ्चालक समिति सदस्य नियुक्त गरेको छ ।

गत आइतबारको मन्त्रिपरिषद् बैठकले रिक्त सदस्य पदमा परिषद्का पूर्वउपाध्यक्ष पीताम्बर तिमल्सिना, राजेश गुरुङ र पूर्वराष्ट्रिय भलिबल खेलाडी इन्दिरा निरौलालाई नियुक्त गरेको हो ।

याे पनि पढ्नुस  बुधबारदेखि राजपाले संसद चल्न नदिने

युवा तथा खेलकूद मन्त्रालयले तिमल्सिना, निरौला र गुरुङ नियुक्तिको पुष्टि गरेको छ । लामो समयदेखि तीनवटा सदस्य पद खाली थियो । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माको सिफारिशमा परिषद्मा तीन सदस्य नियुक्त गरिएको हो ।

राखेप बोर्ड सदस्यमा नियुक्त भएका तिमल्सिना डेढ दशकदेखि नेपाली खेलकूदमा सक्रिय हुनुहुन्छ ।

याे पनि पढ्नुस  औद्योगिक क्षेत्र विद्युत भार कटौती मुक्त : उद्योग व्यवसायी हर्षित

यस्तै निरौला पूर्वराष्ट्रिय महिला भलिबल खेलाडी तथा हाल भलिबल संघको केन्द्रीय सदस्य रहेका छन् । बक्सिङका पूर्व खेलाडी गुरुङ पनि परिषद्का पूर्व सदस्य रहेका छन् । रासस

कमेन्ट गर्नुहोस्