आप्रवासी नेपालीको सरोकारलाई ध्यान दिने छुः भण्डारी

बाल्टिमोर, कात्तिक २७ ।

डेमोक्र्याट पार्टीबाट संयुक्त राज्य अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोर काउन्टीको डिस्ट्रिक ८ बाट हाउस अफ डेलिगेट्समा निर्वाचित ह्यारी भण्डारीले आफ्नो जीतमा अमेरिकाका हरेक राज्यमा बस्दै आएका नेपालीको महत्वपूर्ण योगदान रहेको बताएका छन् ।

राजनीतिमा १० वर्षदेखि क्रियाशील नेपाली मूलका भण्डारी गत नोभेम्बर ६ मा सम्पन्न निर्वाचनमा विजय हासिल गरेर पहिलो नेपाली अमेरिकी बन्नुभएको छ । । भण्डारी अमेरिका आएर नागरिकता लिएको सात वर्षमा नै उक्त पदमा पुग्न सफल भएका छन् ।

याे पनि पढ्नुस  अमेरिकामा विदेशी विद्यार्थीका लागि नयाँ नियम लागू, नेपालीसहित लाखौं प्रभावित हुने

भण्डारीले आगामी दिनमा आप्रवासी नेपालीका चासो र सरोकारका विषयमा आवाज उठाइने बताए ।

भण्डारीको जीत सम्भव हुनुमा उनको निरन्तरको लगाव, कर्मशील छवि र मतदातासँग घुलमिल नै कारक रहेको डा उत्तम गौली बताउँछन् ।

उक्त डिस्ट्रिकका ८० हजार मतदातामध्ये नेपाली मूलका करीब १०० जनाले मात्र मतदानमा भाग लिएका थिए । गौलीले अगाडि थपे, “अमेरिकाको विविधताको मजबुत आधारशिलाका कारण भण्डारीले हाउसमा विधायक भएर सेवा गर्ने मौका पाएका छन् ।”

याे पनि पढ्नुस  पूर्वमिस नेपाल मलिना जोशी ‘मिस नेपाल यूएस २०१८’ प्रशिक्षकमा नियुक्त

मेरिल्याण्डमा रहेका राजनीतिक पर्यवेक्षकले नेपालीले गरेको ‘फर्सीको मुन्टाको डिप्लोमेसी’ले पनि काम गरेको बताउँछन् । आफ्ना छिमेकीलाई आफ्नो करेसाबारीमा फलेको तरकारी र फलफूल दिएर आफ्नो बनाउन नेपाली निकै सिपालु देखिएका छन् ।

भण्डारी जिताउ अभियानमा सहभागी तरुण पौडेलले भण्डारीको जीतले अमेरिकामा रहेका नेपालीका लागि एउटा अलग्गै इतिहास रच्न सफल भएको बताए । मेरिल्याण्डमा नै बसोबास गर्दै आएका नेपाल–अमेरिका पत्रकार सङ्घका पूर्व अध्यक्ष गौतम दाहालले भण्डारीको जीतले डायस्पोरामा रहेका नेपालीको धार नै परिवर्तन भएको बताए ।

याे पनि पढ्नुस  दुई लाख ७९ हजार लाख इराकी विस्थापित

पर्वत जिल्लाको थापाथानामा पिता अम्मरबहादुर र आमा कान्तिकुमारीका कोखबाट विसं २०३४ मा जन्मनुभएका भण्डारी अमेरिकामा सन् २००५ देखि बसोबास गर्दै आएका छन् । उनले मतदानको अधिकार सन् २०११ मा पाएका थिए । रासस

कमेन्ट गर्नुहोस्