Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

अनलाइन कारोबारबारे ब्रोकर र लगानीकर्तालाई नेप्सेले गर्यो यस्तो आग्रह

काठमाडौं, कार्तिक २७ ।

नेपाल स्टक एक्सचेञ्जले ब्रोकर तथा लगानीकर्तालाई केवाइसी अपडेट गर्न आग्रह गरेको छ ।

साथै नेप्सेले पुरानो कारोबार प्रणाली (सिटिएस) मा विवरण अपडेट नगराई ब्रोकरको प्रणाली (टिएमएस) कारोबार गर्न नसकिने प्रष्ट पारेको छ ।

निकै लामो प्रतिक्षा र तामझाम साथ सुरु गरिएको अनलाइन कारोबार प्रणाली प्रभावकारी रुपमा संचालनमा नआएपछि नेप्सेले लगानीकर्ता तथा ब्रोकरलाई केवाइसी अपडेट गर्न गराउन आग्रह गरेको हो । केही ब्रोकर तथा लगानीकर्ताहरुले टिएमएस मार्फत कारोबार गर्न नपाएको भन्ने जानकारी प्राप्त भएको र नेप्सेको पुरानो कारोबार प्रणाली९सिटिएस०मा केवाइसी अपडेट नभएका अथवा अपडेट गरेपनि केही आवश्यक पर्ने विवरण छुटेका कारण यो समस्या आएको नेप्सेको दाबी छ ।

नेप्सेले व्यक्तिगत वा संस्थागत लगानीकर्ताहरुलाई आफुले मागे बमोजिमको विवरणहरु आफ्ना ब्रोकरलाई उपलब्ध गराउन आह्वान गरेको छ । विवरण अपडेट नगरी युनिक क्लाइन्ट कोड९यूसीसी० प्राप्त नहुने र टिएमएसमा कारोबार गर्न समेत नसकिने नेप्सेको भनाई छ ।

नेप्सेका अनुसार कर्पोरेट क्लाइन्टहरुले आफ्ना ब्रोकरलाई क्लाइन्टको नाम, क्लाइन्टको कोड, रजिस्टेसन नम्बर र रजिस्टेसन डेट९मिति० उपलब्ध गराउनुपर्ने छ ।

यस्तै, व्यक्तिगत क्लाइन्टका लागि नाम, कोड नम्बर, जन्ममिति, नागरिकता जारी मिति, नागरिकताको नम्बर र नागरिकता जारी भएको जिल्ला सम्बन्धी विवरण आवश्यक पर्ने छ । मेरोलगानीबाट

कमेन्ट गर्नुहोस्

%d bloggers like this: