Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

आकर्षक लाभांश घोषणा गरेपछि उन्नति माइक्रोको शेयरमूल्य बढ्यो

काठमाडौं, कार्तिक २७ ।

गतवर्षको मुनाफाबाट ४२.६३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको उन्नति माइक्रो फाइनान्सको माग बढेपछि शेयर मूल्य समेत बढेको छ । मंगलबारको बजारमा कम्पनीको शेयरमूल्य झण्डै दश प्रतिशत बढीले उकालो लागेको छ ।

संस्थाले आफ्ना शेयरधनीलाई ४०.५० प्रतिशत बोनस र कर प्रयोजनको लागि २.१३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

अघिल्लो बर्ष मात्रै आइपिओ निष्काशन गरेको कम्पनीले आर्कषक लाभांश घोषणा गरेपछि शेयर बजारमा शेयर खरिद गर्नेहरुको चाप बढेको छ । मार्केटडेप्थमा कम्पनीको शेयर बिक्रीको भन्दा खरिदको माग तीन गुणा बढी छ । जसले गर्दा कम्पनीको शेयर मूल्य समेत करिब दश प्रतिशतले उकालो लागेको छ ।

मंगलबार प्रतिकित्ता १५७५ रुपैयाँमा कारोबार खुलेकोमा यो खबर तयार पार्दासम्म कम्पनीको शेयर मूल्य बढेर प्रतिकित्ता १७२० रुपैयाँ पुगिसकेको छ । हाल संस्थाको चुक्ता पुँजी ५ करोड ५० लाख रुपैयाँ छ । बोनस पश्चात चुक्ता पुँजी ७ करोड ७२ लाख रुपैयाँ पुग्ने छ । संस्थाले लाभांश सार्वजनिक गरेपछि संस्थाको सेयर मूल्य उकालो लागेको छ ।

गत आर्थिक वर्षमा लघुवित्तले ८४ लाख ८१ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो । संस्थाले गत पुसमा एक लाख ६५ हजार कित्ता साधारण शेयर जारी गरेको थियो ।

कम्पनीको प्रतिशेयर आम्दानी ६१ रुपैयाँ ४६ पैसा रहेको छ । प्रतिशेयर नेटवर्थ १७९ रुपैयाँ २२ पैसा रहेको लघुवित्तले जगेडा कोषमा ४ करोड ३५ लाख रुपैयाँ सञ्चित छ । खराब कर्जा अनुपात ०।७४ प्रतिशतमा बढेको लघुवित्त कम्पनीको पूँजी कोष अनुपात भने ८।९८ प्रतिशतमा खुम्चिएको छ । मेरोलगानीबाट

कमेन्ट गर्नुहोस्

%d bloggers like this: