पौडेलको आरोप– ‘शेरबहादुर जीले विपक्षी दलको नेताको भूमिका खेल्न सक्नुभएन’

चितवन, कार्तिक २७ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद्मा विपक्षी दलको नेताको भूमिका पार्टी सभापतिले निर्वाह गर्न नसकेको आरोप लगाएका छन् ।

नेपाल प्रेस युनियन चितवनले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पार्टी सभापतिले जुन किसिमको विचार संसद्मा दिनुपथ्र्यो त्यो नभएको बताए । वरिष्ठ नेता पौडेलले भने, ‘विचारले आक्रामकरुपमा प्रस्तुत हुनुपथ्र्यो तर त्यस्तो भएन ।’

याे पनि पढ्नुस  सभापतिलाई शक्तिशाली बनाउने गरी विधान संशोधन गर्नु गलत : महामन्त्री खड्का

आफूलाई पदको भन्दा पनि पार्टीप्रति बढी चिन्ता भएको उनले बताए । वरिष्ठ नेता पौडेलले भने, ‘पार्टी निर्वाचनमा के कारणले हार्यो, अब यसलाई कसरी उठाएर लैजाने, पार्टीलाई सुधार्नेतिर मेरो चिन्ता छ, पदमा को बस्ने भन्ने चिन्ता छैन ।’ वरिष्ठ नेता पौडेलले सोमबार सुजाता निवासमा खाना खान बोलाएर गएको बताए । आफूहरुले पार्टीमा कुनै गुटबन्दी नगरेको पनि उनले बताए ।

याे पनि पढ्नुस  अन्ततः मन्त्रीको टुंगो लगायो कांग्रेसले, भोली शपथ हुने (नामावलीसहित)

वरिष्ठ नेता पौडेलले उपसभापति पदमा विजयकुमार गच्छदारलाई ल्याउने विषयमा खासै विवाद नभएको बताए । प्रक्रिया पुयाएर ल्याउन नसक्नु सभापतिको कमजोरी रहेको उनको भनार्इ थियो । वरिष्ठ नेता पौडेलले भने, ‘गच्छदारलाई ल्याउने कुरामा पहिलादेखि नै सहमति थियो तर प्रक्रिया मिलाएर गरौँ भन्ने हो ।’ रासस

कमेन्ट गर्नुहोस्