Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

यमनमा हिँसा, २४ घण्टामा १५० को मृत्यु

साना (यमन), कार्तिक २७  यमनको तटवर्ती सहर होदैदामा भड्किएको हिंसामा २४ घण्टा भित्रमा कम्तिमा पनि १५० जनाको ज्यान गएको छ । लामो समयदेखि गृहयुद्धको चपेटामा रहेको यमनमा सरकार समर्थित सेना र हुती विद्रोहीहरूबीच संघर्ष चलिरहेको छ । त्यहाँको सरकारी सेनालाई साउदी अरब नेतृत्वको गठबन्धन सेनाको सहयोग रहेको छ । एक जना बेलायती शीर्ष कूटनीतिज्ञले अन्तर्राष्ट्रिय समुदायलाई युद्ध-विरामका लागि हस्तक्षेप गर्न अपिल गरेका छन् ।

हेदौदा लाल सागरको किनारमा अवस्थित क्षेत्र हो जहाँ यमनको लगभग १ करोड ४० लाख जनसंख्या बसोबास गर्दछ । युद्धका कारण यहाँ भोकमरीको खतरा उत्पन्न भएको अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले बताएका छन् ।

उता युद्धविरामबारे बोल्दै साउदी गठबन्धनका प्रवक्ताले आफूहरूको अभियान जारी रहेको र अफ्नो उद्देश्य विद्रोहीहरूलाई वार्ताका लागि दबाब दिनु रहेको बताएका छन् ।

जुनसुकै हालतमा पनि युद्ध रोकिनुपर्ने: संयुक्त राष्ट्र

संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले होदैदा नष्ट भए स्थिति झनै खराब हुने बताएका छन् । उनले युद्ध कुनै पनि हालतमा रोकिनुपर्ने र यसका लागि राजनैतिक प्रयास सुरु भैसकेको बताए । सरकार समर्थित सेनाका अनुसार होदैदामा सुरु भएको कारवाही पछि विद्रोही सेना पछि हटेको छ । उक्त क्षेत्र २०१४ देखि हुती विद्रोहीहरूको कब्जामा रहेको छ । उता हुती विद्रोहीहरूले जारी गरिएको सन्देशमा आफूहरूले नै सरकारी सेनालाई होदैदामा आक्रमणको लागि उक्साएको बताएका छन् ।

सडक नै रणभूमि बन्ने खतरा 

सरकारी सेनालाई होदैदा पुग्न ११ दिनसम्म युद्ध लड्नु परेको बताइएको छ । प्रत्यक्षदर्शीहरूका अनुसार विद्रोहीहरू घरका छानाहरूबाट गोलीबारी गर्दैछन् । सेना सहर पसिसकेपछि सडकहरू युद्धभुमिमा परिणत हुने खतरा र रहेको बताइएको छ ।

हुतीहरूले उत्तरी यमनमा २००४ देखि विद्रोह गरिरहेका छन् । इरानको समर्थन पाएका हुतीहरू २०१५ देखि गृहयुद्धको स्थिति रहेको छ । संयुक्त राष्ट्रसंघले यमनका राष्ट्रपति अब्द्राबुह मन्सुर हादीलाई मान्यता दिएको छ हुती नेतृत्वको सुप्रिम पोलिटिकल काउन्सिल यसको विरोधमा उत्रिएको छ । हुती नेता हुसैन बद्रेद्दीन अल हुतीका लागि ५५ हजार डलरको पुरस्कार समेत राखिएको छ । तीन वर्ष लामो गृहयुद्धमा १० हजार बढीको ज्यान गैसकेको छ ।

एजेन्सी

कमेन्ट गर्नुहोस्

%d bloggers like this: