Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

मौकामा चौका ! सुवेदीले खाए सपथ

कैलाली, कार्तिक २७ । दीर्घ सोडारी मन्त्री पदबाट मुक्त गरेको केही समयमै सुदूरपश्चिम प्रदेशले सामाजिक विकास मन्त्रीमा कृष्ण सुवेदी पाएको छ । उनले पद तथा गोपनियताको सपथ ग्रहणसमेत गरिसकेका छन् ।

नव नियुक्त मन्त्री सुवेदीलाई प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री त्रिलोचन भट्टले पद तथा गोपनिजयताको सपथ खुवाएका हुन् । प्रदेश प्रमुख मोहनराज मल्ल, सभाभुख अर्जुन थापा लगायतको उपस्थितिमा सुवेदीको सपथ ग्रहण भएको हो ।

कैलाली निर्वाचन क्षेत्र नम्बर ४ को ‘क’ बाट निर्वाचित सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारीलाई बर्खास्त गरिएपछि सोही निर्वाचन क्षेत्र नम्बर ४ को ‘ख’ बाट निर्वाचित सुवेदी मन्त्री बनेका हुन् ।

उनी कांग्रेसका हिरादत्त भट्टलाई ४ हजार २ सय १९ मत अन्तरले पराजित गरेर विजयी भएका थिए । तत्कालिन नेकपा एमाले कैलालीका सचिवालय सदस्य रहेका सुवेदी स्पष्ट वक्ताका रुपमा चिनिन्छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: