नेपालको ऐतिहासिक जित, ओलम्पिक फुटबलको दोस्रो चरणमा प्रवेश

काठमाडौं, कार्तिक २७ । नेपाल ओलम्पिक महिला फुटबलको एसियन छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ। आजको जितसँगै नेपालले ऐतिहासिक जित हात पारेको छ ।

एसियन छनोटमा समूह ‘सी’ मा रहेको नेपाल उत्कृष्ट तेस्रो टिमको रुपमा दोस्रो चरणमा प्रवेश गर्न सफल भएको हो । नेपालले समूह चरणको अन्तिम खेलमा मंगलबार बंगलादेशसँग १-१ गोलको बराबरी खेल्यो।

याे पनि पढ्नुस  आज नेपालले र थाइल्याण्डको पुलिस टेरो क्लबसँग खेल्ने

याङ्गोनस्थित थुनुवा रङगशालामा भएको खेलमा नेपालले सुरुवाती अग्रता लिएको थियो। नेपालका लागि निरु थापाले खेलको १७ मिनेटमा गोल गरेकी थिइन्। तर नेपालले दोस्रो हाफको इन्जुरी टाइममा गोल खान बाध्य भयो। इन्जुरी टाइमको तेस्रो मिनेटमा अखी खातुनले बराबरी गोल फर्काएका थिइन्।

बराबरीसँगै नेपाल ३ खेलबाट ३ अंक जोड्दै समूहमा तेस्रो भयो। नेपालले पहिलो खेलमा भारत र दोस्रो खेलमा म्यान्मासँग १-१ गोलको बराबरी खेलेको थियो । यस समुहमा चार अङ्क जोडेको म्यान्मा शीर्ष र चार अङ्क जोडेको भारत दोस्रो स्थानमा छ ।

कमेन्ट गर्नुहोस्