सरकारी गाडीको दुरुपयोगः नगरको गाडीमा छोराको मस्ती

कालिकोट, कार्तिक २७ । जिल्लाको रास्कोट नगरपालिका मेयर कासीचन्द्र बरालले सरकारी गाडीको दुरुपयोग गरेका छन्। नगरपालिकाको गाडी छोरालाई सिकारुकोरुपमा प्रयोग गर्न दिँदै मेयर बरालले सरकारी गाडीको दुरुपयोग गरेका हुन्। दसैं–तिहारको लामो विदामा नगर प्रमुख बरालले सुर्खेत-नेपालगंज तिर छोरालाई गाडी सिकाउन लिएका हुन्।

नियम र कानुन विपरित सरकारी गाडी छोरालाई सिक्न दिएको भन्दै नगरवासी आक्रोसित बनेका छन्। नगर प्रमुख बरालका छोरा दिनेश बरालले वुवाको गाडी भन्दै ढुक्कका साथ प्रयोग गर्दै आएका छन्। नेपालगंजको ब्यस्त सडकमा नगरपालिकाको गाडी मेयरका छोराले हाँकेको देख्दा स्थानीय चकित बनेका थिए।

गाडीमा बसेका एक जनाले त छोरालाई नै चालक बनाएका हुन की सोचेका रहेछन्। बुझ्दै जाँदा गाडी छोरालाई सिकाउन प्रयोग भएको रहेछ। मेयरका छोराले सरकारी नम्बर प्लेट भएको गाडी गुडाउदै गरेको फोटो र भिडियो समेत सार्वजनिक भएको छ। नागरिक दैनिकबाट

कमेन्ट गर्नुहोस्