Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

ज्योतिषशास्त्रअनुसार धन आर्जन गर्ने ५ उपाय

काठमाडौं । ज्योतिषशास्त्रमा बताइएका विभिन्न उपाय अपनाउँदा कहिलेकाहीँ मनोकामना पूरा हुन्छन् । यहाँ केही पाँच सजिला उपाय प्रस्तुत गरिएको छ । जसलाई तपाईंले अपनाउँदा धन आर्जन गर्न सक्नुहुन्छ-

१. घरकी प्रमुख महिलाले बिहानै सूर्योदयअघि नै उठेर तामाको लोटामा जल भरेर मुख्य द्वारमा छर्किएमा देवी लक्ष्मी प्रसन्न हुनुहुनेछ र त्यो घरमा कहिल्यै दरिद्रता आउँदैन ।

२. बुधवार लक्ष्मीको आगमनको दिन हो । यो दिन कसैलाई पनि सामान वा धन उधारोमा दिनु हुँदैन । यसो गर्दा धन आगमनमा बाधा पुग्छ ।

३. हरेक औंसीमा शुभलाभको चतुर्भुजमा लक्ष्मी पूजन गर्दा उहाँ अति प्रसन्न हुनुहुन्छ र धनलाभ हुन्छ ।

४. बिहीवार अचानक तपाईंले धेरै धन पाउनुभयो भने मन्दिरमा दान गरिदिनुस् । यस्तो दानले तपाईं झन् धेरै पैसा आउने बाटो खोलिदिन्छ ।

५. कसैको ऋण चुकाउनु छ भने मंगलवारदेखि पैसा दिन थाल्नुस् । ऋण छिट्टै चुक्ता हुन्छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: