Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

तिलकसिंह पेलाले गाए ‘मोरा साँवरा…!’

काठमाडौँ, कार्तिक २७ । लामो समय संगीत बजारबाट टाढा रहेका गायक-सङ्गीतकार तिलकसिंह पेलाले ‘प्रीत लगा के गयो रे…’ बोलको हिन्दी भाषाको गीत रेकर्ड गराएका छन् ।

५० को दशकमा ‘आँसु’ गीती एल्बममा संग्रहित ‘लुकाउन खोज्दा पनि…’, ‘कुल्चेर मेरो फूल..’ जस्ता गीत गाएर चर्चामा आएका गायक तिलकसिंह पेला लामो समय शास्त्रीय संगीतको साधनामा व्यस्त रहेपछि ओझेलमा रहेका थिए । लगभग दुई दशकपछिको मौनता तोड्दै उनी फेरि नेपाली सांगीतिक बजारमा आउने तयारीमा जुटेका हुन् ।

मङ्गलबार राजधानीको अनामनगरस्थित म्युजिक नेपालको स्टुडियोमा पेलाले दुई गीत रेकर्ड गराए । उनले ‘निर्जन किनारसँग…’ र ‘प्रीत लगा के गयो रे मोरा साँवरा…’बोलका दुई गीत रेकर्ड गराएका छन् ।

यी दुवै गीतको रचना कृष्णसिंह पेलाले गरेका हुन् भने संगीत रचना गायक स्वयंको रहेको छ । दुबै गीतको संगीत एरेन्जको काम भने रिदम कँडेलले गरेका हुन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: