Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

उपचार गराउन विदेश जाने नेताहरूलाई सरकारले खर्च दिदैन-उपप्रधानमन्त्री यादव

दोहा,कार्तिक २७।उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव कतार सरकारको निमन्त्रणामा कतारको भ्रमणमा रहेका छन्।

भ्रमणकै क्रममा सोमबार साझ नेपाली राजदुतावास दोहा कतारमा नेपाली समुदाय सङ्ग बोल्दै यादवले नेपालमै उपचार सम्भव भएका कुनै पनि रोगको उपचारका लागि बिदेश जाने नेता तथा कर्मचारीको उपचार खर्च सरकारले भुक्तान नगर्ने निर्णय गरि लागू भैसकेको बताएका छन्।

मन्त्री यादवले नेपालमा लामो समय पछि स्थिर सरकार आएकोले देशलाई समृद्धि तर्फ लैजाने महत्त्वपूर्ण जिम्मेवारी यहि सरकार सङ्ग रहेको भन्दै बर्तमान सरकारले केही महत्त्वपूर्ण काम शुरु गरेकोले त्यसको नतिजा केही समयमा देखिने दावी गरे।

कार्यक्रमा बोल्दै कतारका लागि नेपाली राजदुत प्रोफेसर रमेश प्रसाद कोइरालाले पछिल्लो समयमा नेपाल बाट कतारमा भएका उच्च स्तरीय भ्रमणले दुबै देश बिचको सम्बन्ध थप उचाइमा पुगेको बताएका छन् । साथै कोइरालाले आफू रहेको देशको कानुनको सम्मान गरेर आफ्नो काम गर्न कतारमा कार्यरत नेपालीलाई आग्रह समेत गरेका छन्।

अहिले देशको अर्थतन्त्र रेमिट्यान्सले चलेको भएपनि वैदेशिक रोजगार देशको अर्थतन्त्रको दीर्घकालिन समाधान नभएको भन्दै बिदेशमा सिकेको सीप र प्रविधी नेपालमा नै प्रयोग गर्न तयार रहन सबै युवाहरुलाई आग्रह गरेका छन्।

यस्तै मन्त्री यादवले नेपाल जस्तो पर निर्भर देशले समाजबादको कल्पना मात्र गरेर नहुने भन्दै पहिला गरिबी बेरोजगारी हटाइ अत्याधिक रोजगारी सिर्जना गरेर सम्बृद्धी पछिको समानता आफुहरुले चाहेको बताए । लामो समय एकात्मक शासन रहेको देश संघीय संरचनामा जादा सबै कुरा ब्यबस्थित हुन केही समय लाग्ने भन्दै यादवले नेपालको भविश्य संघीयतामा नै रहेको दावी गरे । संघीय समाजबादी फोरमका अध्यक्ष समेत रहेका यादवले संविधानको केही बँुदामा आफुहरुको असहमती रहेको भएपनि मौलिक हकको धारामा अन्य बिकसित देशमा भन्दा धेरै अधिकार सुरक्षित गरिएको बताए ।

कार्यक्रममा गैरआवासीय नेपाली संघका सस्थापक अध्यक्ष एवं संरक्षक उपेन्द्र महतोले ब्यक्तिगत सफलताले मात्र नहुने भन्दै पहिला समग्र देश समृद्ध हुनुपर्ने बताए । पहिला नेपाली भएर सोच्न आग्रह गर्दै महतोले मैले गर्न सक्छु भन्ने भावनाको वृद्धि गरि मैले नै देश बनाउने हो भन्ने संकल्प लिन आवश्यक रहेको बताए । साथै महतोले प्राकृतिक सुन्दरताले भरिपूर्ण नेपाललाई मेडिकल टुरिजमको रुपमा पनि बिकास गर्ने अभियानमा आफु रहेको बताए ।

कार्यक्रममा कतार स्थित विभिन्न संघसस्थाका प्रतिनिधि ब्यबसायि पत्रकार लगायत कतारमा कार्यरत नेपालीहरुको समेत बाक्लो उपस्थिति रहेकोे थियो।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: