Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

बर्खास्त मन्त्री सोडारीमाथि नैतिक आचरणको गम्भीर आरोप, यस्तो छ कार्वाहीकाे भित्री कथा

काठमाडौं, कार्तिक २७ । सोमबार बिहान । मुख्यमन्त्री त्रिलोचन भट्ट एकाएक काठमाडौं आइपुगे । उनीलाई प्रधानमन्त्री कार्यालयबाट बोलाहट आएको थियो । प्रसङ्ग थियो– सामाजिक विकास मन्त्री दीर्घ सोडारीविरुद्ध परेका उजुरी ।

सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्री दीर्घ सोडारीविरुद्ध नैतिक र पदीय आचरणसँग जोडिएका उजुरी आएपछि उनीलाई मन्त्रीपदबाट हटाउन पार्टी अध्यक्षसमक्ष उजुरी परेको थियो ।

नैतिक आचरणकै विषय जोडिइसकेपछि मन्त्री पदमा बसिराख्न उचित नहुने र यसले पार्टीलाई नै असर पर्न सक्ने प्रधानमन्त्रीको जिकिर थियो । प्रधानमन्त्री तथा पार्टी अध्यक्षसँग भएको छलफलपछि मुख्यमन्त्री भट्ट आज मंगलबार बिहान धनगढी फर्किएका थिए ।

विशेष श्रोतका अनुसार, सोमबार बिहान काठमाडौं आएका मुख्यमन्त्रीसँग प्रधानमन्त्रीले यस विषयमा गम्भीर छलफल गरेका थिए ।

नैतिक आचरणकै विषय जोडिइसकेपछि मन्त्री पदमा बसिराख्न उचित नहुने र यसले पार्टीलाई नै असर पर्न सक्ने प्रधानमन्त्रीको जिकिर थियो ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्षसँग भएको छलफलपछि मुख्यमन्त्री भट्ट आज मंगलबार बिहान धनगढी फर्किएका थिए ।

धनगढी फर्केलगत्तै मुख्यमन्त्रीले आफ्नो टीम तथा प्रदेश इन्चार्ज भीम रावललगायतसँग यसविषयमा छलफल गरेको श्रोतले जनायो । राजनीतिकरुपमा भीम रावलका निकट मानिन्छन् बर्खास्त भएका मन्त्री दीर्घ सोडारी ।

स्रोतका अनुसार, उनको नाम एकजना महिलासँग जोडिएर उजुरी परेको थियो । योसँगै मन्त्री भइसकेपछि आर्थिक अनुशासनमा बस्न नसकेको समेत उनीमाथि आरोप आइलागेको थियो ।

जिल्ला पनि एउटै । श्रोतका अनुसार, इन्चार्ज भीम रावललाई सोडारीको आचरणका बारेमा यसअघि पनि सूचना प्राप्त नभएको होइन । उनले सोडारीलाई सच्चिन समेत भनेका थिए । तर पर्टी अध्यक्ष तथा प्रधानमन्त्रीले नै यो विषयमा चासो लिएपछि नेता रावलले सहमति व्यक्त गरेका थिए ।

नेता रावललगायतसँग छलफल गरेपछि मन्त्री दीर्घ सोडारीलाई बर्खास्त गर्ने र उनको स्थानमा कृष्ण सुवेदीलाई नियुक्त गर्ने निर्णय भएको थियो ।
हाकाहाकी स्वभावका मन्त्री सोडारीविरुद्ध नैतिक तथा पदीय आचरण अनुरुप काम नगरेको भन्ने गम्भीर आरोप छ ।

श्रोतका अनुसार, उनको नाम एकजना महिलासँग जोडिएर उजुरी परेको थियो । योसँगै मन्त्री भइसकेपछि आर्थिक अनुशासनमा बस्न नसकेको समेत उनीमाथि आरोप आइलागेको थियो ।

केही दिनअघि राती मन्त्री सोडारीको गाडीले एउटा मोटरसाइकललाई ठक्कर दिएर भाग्न खोज्दा स्थानीयले पक्राउ गरेका थिए । त्यतिखेर उक्त गाडीमा मन्त्री भने नभएको कुरा सार्वजनिक गरिएको थियो ।

नैतिकताविहिन काम गरेको भन्दै आज नै नेकपाको प्रदेशस्तरको बैठकले सोडारीलाई कम्युनिष्ट पार्टीको साधारण सदस्य समेत नरहने गरी कार्वाही गरेको छ ।

बजारमा उनको आचरणसँग जे जस्ता हल्ला छन् त्यसलाई प्रमाणित गरेको छ ।” मन्त्री सोडारीले भने आफू गुटबन्दीको शिकार भएको प्रारम्भिक प्रतिक्रिया दिएका छन् ।

“उनीमाथि पदीय आचरण पालना नगरेको कारण कार्वाही गरिएको हो ।” बैठकमा सहभागी एक नेताले भने । अहिले उनी अनिश्चितकालिन कार्वाहीमा परेका छन् ।

श्रोतले भन्यो, “चानचुने विषयमा यति ठूलो निर्णय हुँदैन । मन्त्रीबाट हटाउनु र पार्टी सदस्यता नै नरहने गरी कार्वाही गरेबाट उनले गम्भीर गल्ती गरेको पुष्टि भएको छ ।

बजारमा उनको आचरणसँग जे जस्ता हल्ला छन् त्यसलाई प्रमाणित गरेको छ ।” मन्त्री सोडारीले भने आफू गुटबन्दीको शिकार भएको प्रारम्भिक प्रतिक्रिया दिएका छन् । तर गुटबन्दीका कारण पदबाट कार्वाही गरेको स्वभाविक लागेपनि पार्टी सदस्यताबाटै कार्वाही हुनुबाट भने उनको तर्क दमदार देखिँदैन ।

पार्टी सदस्यताबाटै कार्वाही गरिएको यो घटनाले सुदूरपश्चिम प्रदेशमा संगठनभित्रको अराजक प्रवृत्तिमा अंकुश लाग्ने टिप्पणी समेत यतिखेर गरिएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: