Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

संसद भङ्ग गर्ने फैसला सर्वोच्च अदालतद्वारा खारेज

कोलम्बो । श्रीलंकाको राजनीतिमा नयाँ मोड देखा परेको छ । गत साता मात्रै संसद भङ्ग गरेको घोषणा गरेका राष्ट्रपतिलाई सर्वोच्च अदालतले ठूलो झटका दिएको छ ।

सर्वोच्च अदालतले संसद भङ्ग गर्ने मैत्रीपालाको कदमलाई असंवैधानिक भन्दै निर्णय खारेज गरेको हो । अदालतमा बर्खास्त गरिएका प्रधानमन्त्री रानिल विक्रमसिंघेले रीट दायर गरेका थिए ।

राष्ट्रपति मैत्रीपालाले भने संसद भंग गर्दै आगामी वर्ष पाँच जनवरीका दिन निर्वाचन गर्ने घोषणा गरेका थिए । राष्ट्रपतिले नव नियुक्त प्रधानमंत्री महिंदा राजपक्षेलाई १४ नोभेम्बरसम्म संसदमा बहुमत साबित गर्न समय दिएका थिए ।

श्री लंकामा देखिएको राजनीतिक संकटप्रपति संयुक्त राष्ट्रदेखि अन्य देशहरुले चिन्ता व्यक्त गर्दै आएका छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: