Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

चेन्नईमा हुनुहुन्छ भने सावधान, चक्रवाती तुफान आउने चेतावनी

चेन्नई । चक्रवादी तुफान ‘गज’ पश्चिमतर्फ बढिरहेको चेतावनी भारतीय मौसम विज्ञानले दिएको छ ।

अहिले भने यो तुफान चेन्नई भन्दा ७४० किलोमिटर पूर्व उत्तरपूर्वमा छ ।

भारतीय मौसम विज्ञानका अनुसार, १५ नोभेम्बर साँझ यो तुफानले तमिलनाडुको तटीय क्षेत्र पार गर्न सक्छ र आगामी २४ घण्टामा भयंकर तुफानमा परिणत भएर ठूलो बर्बादी मच्चाउन सक्छ ।

विभागले जारी गरेको बुलेटिन अनुसार, पश्चिम दक्षिण पश्चिमतर्फ बढने बेला यो बिस्तारै कमजोर हुनसक्छ र १५ नोभेम्बरको साँझ भने चक्रवाती तुफानको रुपमा पम्बान तथा कुड्डलुरको बीचबाट तमिलनाडुको तटीय क्षेत्रलाई पार गर्न सक्छ । त्यसैले तमिलनाडु र त्योसँग जोडिएको दक्षिण तटीय तमिलनाडु र आन्ध्र प्रदेशका जिल्लामा १४ नोभेम्बर साँझदेखि भयंकर वर्षा हुन सक्छ ।

तमिलनाडु सरकारले आफ्ना अधिकारीलाई अलर्टमा राखेको छ भने ३१ हजार उद्वारकर्मीलाई तयारी अवस्थामा राखेको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: