Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

फ्लिपकार्टका कार्यकारीले दिए राजीनामा मी-टूको प्रभाव हुनसक्ने आशंका

भारतको सर्वाधिक ठुलो अनलाइन सपिङ नेटवर्क फ्लिपकार्टका सह संस्थापक एवं प्रमुख कार्यकारी बिन्‍नी बंसलले पदबाट राजीनामा दिएका छन् । मङ्गलबार एउटा विज्ञप्ति जारी गर्दै कम्पनीले बिन्नीमाथि व्यक्तिगत दुराचारको आरोप लागेको खुलासा गरेको थियो ।

बिन्नीमाथि हाल आफ्नै कम्पनी चलाइराखेकी फ्लिपकार्टकी पूर्व कर्मचारीले व्यक्तिगत दुराचारको आरोप लगाएकी हुन् । फ्लिप्कार्टको माउ कम्पनी वाल्मार्टले विज्ञप्ति जारी गर्दै उनीमाथि स्वतन्त्र छानबिन हुनेभएपछि बिन्नीले तत्काल लागू हुने गरेर राजीनामा दिएको बताएको छ ।

अमेरिकी कम्पनी वाल्मार्टले यसै वर्षको मे महिनामा फ्लिपकार्टको ७७ प्रतिशत सेयर किनेको थियो । उता बिन्नीले भने यी आरोपहरूको खण्डन गर्दै आइरहेका छन् ।

वाल्मार्टले स्वतन्त्र छानबिनबाट पनि बिन्नीविरुद्ध लगाइएको आरोपबारे कुनै प्रमाण फेला नपरेको जनाएको छ ।

बिन्नी बन्सल र सचिन बन्सल मिलेर सन २००७ मा ४ लाख भारतीय रुपैयाँको लगानीमा स्थापना गरेको अनलाइन प्लेटफर्म ‘फ्लिपकार्ट’ भारतकै सर्वाधिक ठुलो अनलाइन सपिङ कम्पनी बनेको छ ।

मे महिनामा वालामार्टले १६ अर्ब डलरमा यसको ७७ प्रतिशत हिस्सेदारी खरिद गरेको थियो । हाल सचिन यस कम्पनीबाट बाहिरिइसकेका छन् भने बिन्नीसँग साढे पाँच प्रतिशत हिस्सेदारी रहेको छ ।

ती महिलाले लगाएको व्यक्तिगत दुराचार कस्तो खालको हो भन्ने केही नखुलाइए पी केही समय यता भारत्माचालेको #मी_टू अभियानले सन्नीलाई गाँजेको हुनसक्ने केहीको आशंका रहेको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: