Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

दीपिका र रणवीर विवाह बन्धनमा बाँधिदैं

मुम्बई, कार्तिक २८ ।

इटालीको लेक कोमोमा बलिउडका सुन्दर जोडी रणवीर सिंह र दीपिका पादुकोण आज बुधबार पुरै रीतिरिवाजका साथ विवाह बन्धनमा बाँधिदैं छन्।

यसअघि मंगलबार यही संगीत, सेरेमनी, मेहेन्दी र इन्गेजमेन्टको कार्यक्रम पूरा गरेका थिए । प्राप्त जानकारीअनुसार, इन्गेजमेन्ट र संगीतमा रणवीरले आफ्नो स्टाइल देखाइरहेका थिए । रणवीरले घुँडाले टेकी दीपिकालाई आफ्नो प्रेम प्रस्ताव राखेका थिए । रणवीले ‘तुने मारी एन्ट्रियां’ गीत गार्इ केही शब्द बोलेका पनि थिए । उनका केही शब्दहरु सुनेपछि दीपिका निकै भावुक पनि भएकी थिइन् । आफ्नो हुनेवाला दुलही इमोशनल भएको देखेर रणवीरले अंकमाल गरेका थिए ।

संगीत सेरेमनीमा दीपिका सेतो र रणवीर कालो पहिरनमा देखिँदै

मंगलबार राति संगीत सेरेमनी पनि भव्यताका साथ सम्पन्न भएको थियो । त्यो दिन दीपिकाले सेतो र रणवीरले कालो पहिरनमा निकै सुन्दर देखिएका थिए । इन्गेजमेन्ट समारोहमा बलिउड गायक हर्षदीप कौरले एकभन्दा बढी गीत गाएका थिए । उनले आफ्नो थुप्रै हिट गीत गाएर कबीरा, दिलबरो, मनमर्जिया प्रस्तुत गरेका थिए ।

यसै मौकामा क्लासिकल गायक शुभा मुदगलले ठुमरी प्रस्तुत गरेकी थिइन् । यस गीतमा कार्यक्रममा उपस्थित करीब ४० गेष्टहरु रमाइलो गर्दै डान्स समेत गरेका थिए । खबरका अनुसार, समारोहमा रणवीर निकै खुशी देखिन्थे ।

उनले ढोल पनि बजाउँदै आफ्नो प्रेमिकाको लागि गीत पनि गाए । कार्यक्रममा सहभागी सबै गेष्टले मेहेन्दी नी मेहेन्दी, काला शा काला, मेहन्दी हे रचने वाली, जस्ता गीतमा डान्स समेत गरेका थिए ।

यी सुन्दर जोडीको विवाह बडो धुमधामका साथ कोकणी रीतिरिवाजमा विवाह हुने भएको छ ।

यसै मौकामा दीपिका सेता र गोल्डेन रङका साडी र रणवीर सेता पहिरनमा देखिने भएका छन् । दुवैजनाको ड्रेस डिजाइनर सव्यसाची मुखर्जीले तयार गरेकी हुन् । बिहीबार १५ नोभेम्बरका दिन सिन्धी रीतिरिवाजले विवाह हुनेछ । दीपिका कोकणी र रणवीर सिन्धी परिवारबाट रहेका छन् । एजेन्सीको सहयोगबाट

कमेन्ट गर्नुहोस्

%d bloggers like this: