Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

प्रचण्ड भन्छन्, ‘निजी क्षेत्रसँग सहकार्य नगर्दासम्म सम्वृद्धि हासिल गर्न सकिदैंन’ [भिडियो]

म्याग्दी, कार्तिक २८ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले निजी क्षेत्रसँग सहकार्य नगर्दासम्म सम्वृद्धि हासिल गर्न नसकिने बताएका छन् । म्याग्दी उद्योग वाणिज्य संघले बुधबार आयोजना गरेको एक कार्यक्रममा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । उनले भने, ‘जसबसम्म निजी क्षेत्रसँग सहकार्य र उनीहरुलाई प्रोत्साहित गर्न सक्दैनौँ हामीले समृद्धिको सपना बाँड्नुको अर्थ रहँदैन ।’

पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले राज्यले व्यवसायीलाई र व्यवसायीले राज्यलाई पूरक बनाउने वातावरण सिर्जना गर्नु पर्नेमा जोड दिए । उनले निजी क्षेत्र र सरकारबीच सहकार्य नभएसम्म विकासले गतिलिन नसक्ने बताए ।

साथै, अध्यक्ष प्रचण्डले सोच र विचारमा परिर्वतन ल्याउन आवश्यक रहेको बताए । उनले भने, ‘सोचमा बदलाब ल्याउन जरुरी छ । सोचमा बदलाब ल्याएपछि ऐन, नियम कानून र नीतिमा बदलाब ल्याउन आवश्यक छ ।’

Posted by क. प्रचण्ड / Comrade Prachanda on Tuesday, 13 November 2018

कमेन्ट गर्नुहोस्

%d bloggers like this: