नागढुंगा सडकखण्ड अझैसम्म बन्न सकेन, स्थानीय अान्दोलित

कलंकी, कार्तिक २८ ।

नागढुंगा मार्गको वैकल्पिक सडकको रुपमा लिइएको घ्याम्पे डोलवाड भञ्ज्या« सडकखण्डका जनता पनि धूलो, धुँवाका कारण स्थानीय पीडित भएपछि आन्दोलित भएका छन् ।

नैकापस्थित फु्टबल मैदान स्तरोन्नति गर्न भत्काइएको सडक वर्षाैं भइसक्दा पनि निर्माण सम्पन्न गर्न ढिलाई स्थानीय धूलो धुँवाले बस्न बाध्य भएपछि संघर्ष समिति बनाएर आन्दोलन गर्ने तयारी गरेका छन् ।

याे पनि पढ्नुस  नयाँ वर्षको शुरुआतसँगै नगरवासीलाई स्मार्ट पार्किङ

२५ सदस्यीय संघर्ष समितिका अध्यक्ष सञ्जयचन्द्र श्रेष्ठले मैदान स्तरोन्नति गर्न वडाले भत्काइएको सडक वडाले नै बनाउनुपर्ने सडक विभागलाई देखाएर पन्छिन नहुने बताए ।

समस्या समाधानका लागि आयोजना गरेका ‘भेला तथा छलफल’ कार्यक्रममा स्थानीय रवि बुढाथोकीले सडक भत्काउने बेलामा जनतासँग सोध्नु नपर्ने अहिले निर्माण गर्नका लागि समिति बनाएर आउ भन्ने कुरा अनुचित रहेको बताए । कार्यक्रममा स्थानीय सुरेन्द्र मगरले सार्वजनिक बाटो निर्माण गर्नपनि वडाध्यक्षले निजी सम्पत्ति खर्च गर्नुपरे जस्तो कन्जुस्याईं गरी बजेट नछुट्याईएकोमा असन्तुष्ट व्यक्त गरे ।

याे पनि पढ्नुस  मूल्यसूची, बिलविजक राख्न व्यवसायीलाई निर्देशन

संघर्ष समितिका अध्यक्ष श्रेष्ठले आजको भेलाले वडा कार्यालयलाई अल्टिमेटम दिईने र सो अवधिमा पनि निर्माण सम्पन्न नगरे वडाध्यक्षलाई कार्यालयमै थुन्ने सम्मको कार्यक्रम राख्ने जानकारी दिए ।

चन्द्रागिरि नगरपालिका १३ र १४ का वडाध्यक्षद्वय बालमुकुन्द विडारी र रामहपिर बस्नेतले दशैं र तिहारले गर्दा निर्माण कार्य ढिलाई भएको स्वीकार्दै निर्माण यथाशिघ्र सम्पन्न गर्न प्रक्रिया थालिसकेको र सम्पन्न नभएसम्म दैनिक बाटोमा पानी हाली धूलो नियन्त्रण गर्ने जानकारी दिए ।

याे पनि पढ्नुस  ब्यवसायिक तरकारी खेती तालिम सम्पन्न

नागढुंगाबाट कलंकीले मकालु पेट्रोलपम्प निस्कने सडकलाई घ्याम्पेडोल वाडभञ्ज्या« नामाकरण भएको हो ।

कमेन्ट गर्नुहोस्