रणवीर र दीपिकाको विवाह : निम्तोमा ४० जनाको नाममध्ये क–कसको नाम छैन ?

मुम्बई । इटालीको लेक कोमो हुन गइरहेको रणवीर र दीपिका विवाह बुधबार कोकणी रीतिरिवाजबाट हुने तयारी भएको छ ।

उनीहरुको विवाहमा निम्तो ४० जना पाहुनाहरुलाई दिएका छन् । तर, तपाईले यो कुरा थाहा पाउँदा अचम्म लाग्न सक्छ कि यसमा बलिउडबाट को को सेलिब्रेटीका नाम उपस्थित छैन ।

याे पनि पढ्नुस  चलचित्र 'हिच्की' अभिनेत्री रानी मुखर्जीको सिल्भर स्क्रीनमा फर्किने सार्थक कोसिस

पिकविलाको जानकारी अुनसार, शाहरुख खान, आदित्य चोपडा र फराह खानका नाम यी ४० पाहुनाहरुको नाम सूचीमा रहेको छ भन्ने लाग्ला तर यस्तो केही होइन । यी सेलिब्रेटीका नाम इटालीमा हुन लागेको विवाहमा पाहुनाको नाम सूचीमा सहभागी छैन ।

विवाहको लागि इटाली पुग्नुअघि दीपिका–रणवीरले भन्सारी र फराह खानसँग उनले घरै गई भेटघाट गरेका थिए तर उनले विवाहको लागि भने निमन्त्रणा गरेका छैनन् ।

याे पनि पढ्नुस  यी व्यक्तिले सलमान खानको २ करोडको अफर टुक्र्यायो, यस्तो छ कारण

विवाहमात्र कुनै निमन्त्रणा नदिएपनि २८ नोभेम्बर मुम्बईमा नै हुने रिसेप्शन पार्टीमा भने यी सेलिब्रेटीहरुलाई निमन्त्रणा दिएका छन् ।

कमेन्ट गर्नुहोस्