Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

चिनियाँ मन्त्रीलाई प्रधानमन्त्री ओलीले भने- ‘मित्रबाट उदारतापूर्वक सहयोगको अपेक्षा छु’

काठमाडौ‌ं, कार्तिक २८ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल आर्थिक विकास र समृद्धिमा मित्र राष्ट्रहरुबाट उदारतापूर्वक सहयोगको अपेक्षा गरिएको समेत बताएका छन् । उनले चीनका पर्यटन तथा संस्कृति मन्त्री लु सुगाङसंग बुधबार भएको भेटवार्ताका क्रममा उक्त कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले नेपालले आर्थिक विकास र समृद्धि अघि बढिरहेको समेत बताएका थिए ।

‘समृद्धिको लक्ष्य हासिल गर्नका लागि मित्र राष्ट्रहरुबाट सहयोग अपेक्षा गरिएको छ त्यसमा पनि नजिकका छिमेकीहरुबाट थप सहयोगको अपेक्षा गरेका छौं’ ओलीलाई उधृत गर्दै उनका परराष्ट्र सल्लाहाकार डा।राजन भट्टराईले प्रेस नोटमा भनेका छन् ।

प्रधानमन्त्री ओलीले नेपाल र चीन सदियौं देखिको सम्बन्ध रहेकोसमेत स्मरण गराएका छन् । ‘हामी एउटै हिमालको वारीपारी बसेका, एउटै हिमालको मुलको पानी खाएका छिमेकी हौं’ प्रधानमन्त्री ओलीले भनेका छन्, ‘हामी भूगोल, संस्कृति, रहनसहन र जनस्तरबाट पनि नजिक छौं ।’

चिनियाँ मन्त्री सुगाङले ‘नेपाल भ्रमण वर्ष २०२०’ मा अधिकतम संख्यामा नेपालमा पर्यटक भित्र्याउने चीनको तयारी भएको बताएका थिए । गतवर्षको तुलनामा यस वर्ष नेपाल भ्रमण गर्ने पर्यटक ४८ प्रतिशतले वृद्धि भएको मन्त्री सुगाङले जानकारी गराएका थिए । नेपालको परम्परागत र साँस्कृतिक सम्पदाको अवलोकनका लागि चिनियाँहरु बढी आकर्षित छन्ु मन्त्री सुगाङको भनाइ उधृत गर्दै प्रेस नोटमा भनिएको छ, ‘भूकम्पपछिको पूनःनिर्माणको क्रममा रहेका यस्ता संरचनाको मौलिकपनलाई कायम राख्न उपयुक्त हुन्छ । यसले नेपालको पर्यटन क्षेत्रमा दीर्घकालिन फाइदा पुग्ने छ ।’ कान्तिपुरबाट

कमेन्ट गर्नुहोस्

%d bloggers like this: