Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

तीन विद्यालयलाई कम्प्युटर सहयोग

लेखनाथ, कात्तिक २८ ।

कामना सेवा विकास बैंक लि. ले आफ्नो सेवा आरम्भको १२औँ वार्षिकोत्सको अवसरमा तीन विद्यालयलाई कम्प्युटर सहयोग प्रदान गरेको छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्र्तगत पोखरा–२७ अर्चले स्थित कविशिरोमणि लेखनाथ आधारभूत विद्यालय, सोही वडाको रिठ्ठेपानीमा रहेको कल्याण आधारभूत विद्यालय र पोखरा–३ नदीपुरमा रहेको बेद विद्याश्रमलाई एक-एक थान कम्प्युटर सहयोग गरेको हो ।

बैंकका निर्देशक चतुराखर अधिकारी, सञ्चालक समितिका सदस्य देवकृष्ण काफले र बलराम बरालले संयुक्तरुपमा तीन विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष एवं प्रधानाध्यापकलाई कम्प्युटर हस्तान्तरण गरेका हुन् । रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: