Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

प्राविधिक शिक्षा विकासको आधार: प्रचण्ड

म्याग्दी, कार्तिक २८ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले दक्ष जनशक्ति उत्पादनका लागि प्राविधिक र व्यावसायिक शिक्षामा जोड दिनुपर्ने बताएका छन् ।

बुधबार म्याग्दीको सदरमुकाम बेनीस्थित म्याग्दी बहुमुखी क्याम्पसको अवलोकनपछि बोल्दै उनले जिल्लाको प्राकृतिक स्रोत–साधनको अधिक प्रयोग गर्न पनि प्राविधिक शिक्षा आवश्यक रहेकामा जोड दिए ।

अध्यक्ष दाहालले स्वदेशमै स्वरोजारीको अवसर सिर्जना गर्न, विदेश पलायनको क्रम रोक्न पनि प्राविधिक शिक्षालाई प्राथमिकतामा राख्नुपर्ने बताए ।

सिंहदरबारको अधिकार गाउँमा पुगेरमात्रै संघीयता बलियो नहुने भन्दै उनले संघीयताको मर्मअनुसार स्थानीय तहमा रोजगारीको वातावरण सिर्जना गर्नुपर्ने उल्लेख गरे ।

इमेज खबरबाट

 

कमेन्ट गर्नुहोस्

%d bloggers like this: