Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

डेढ दर्जन गीत गाएका नवराज बिष्ट मजदुरी गर्दै [भिडियोसहित]

काठमाडौं, कार्तिक २८ । सुदूरपश्चिमको दार्चुलामा जन्मिएका चर्चित देउडा गायक नवराज बिष्ट काठमाडौंमा ज्यामी काम गरेर जीवन गुजरा चलाइरहेका पाइएको छ । केही दिनअघि विभिन्न सञ्चारमाध्यममा उनीबारे भिडियो सार्वजनिक भएपछि गायक बिष्ट ज्यामी काम गरिरहेका पाइएको हो ।

सुदूर तथा मध्यपश्चिममा गाइने देउडा गीत गाएर चर्चा कमाएका नवराज अहिले आर्थिक बाध्यताले मजदुरी गरिरहेका हुन्  । गीत गाउनु पर्ने समयमा अहिले उनी अरुको घर निर्माणका लागि मसला बनाउन व्यस्त देखिन्छन् ।

दार्चुलाको मार्माका गायक नवराजले १५ भन्दा विभिन्न प्रकारका गीत गाइसकेका छन् । तर, पनि गीतले आर्थिक स्थित बलियो नभएपछि उनी ज्यामी काम गर्न बाध्य भएका हुन् ।नवराजले ‘हाम्रो माया यो जुनीमा सम्भव हुँदैन’ ‘छुट्ने बेला’ ‘तेरो फोटो सिरानी भिज्यो आँसुले’ लगायत चर्चित लोक तथा देउडा गीत गाएका छन् ।

नवराजले लोक दोहोरी गीतकी चर्चित गायीका पूर्णकला बी.सीसँग पनि गीत गाइसकेका छन् । अहिले पनि गीतसंगीतमा रुचि अत्यधिक भएका बिष्ट फेरि आगामी दिनमा आर्थिक स्थितले भ्याएसम्म गीत गाउने बताएका छन् । गायक बिष्टसँग ‘फूर्सदको साथी’ युट्युब च्यानका सागर जोशीले विस्तृत कुराकानी गरेका छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: