सुनसरीको समग्र बिकासको लागि सबै एकजुट हुनुपर्छ – राज्य मन्त्री चौधरी

सुनसरी,कार्तिक २८। कृषि तथा पशुपक्षी बिकास राज्य मन्त्री राम कुमारी चौधरीले सुनसरीको समग्र बिकास गर्न सबै एकजुट हुनुपर्ने बताएकि छिन्।

बिकास निर्माणका काममा अनावश्यक राजनीति गर्न नहुने भन्दै सबै मिलेर अगाडि बढ्न सके मात्रै बिकास निर्माणले तिब्रता पाउने मन्त्री चौधरीको भनाइ छ। देवानगंज गाउँपालीका देवानगंज छठ पुजा आयोजक समिति द्वारा आयोजित कुस्ती बाज खेलको उदघाटन गर्दै मन्त्री चौधरीले सुनसरीको सबै किसिमको बिकास निर्माण काममा सघीय सरकार बाट आफुले पहल गरीरहेको र सबैलाई साथ दिन अपिल समेत गरेकी छिन।

याे पनि पढ्नुस  काठमाडौका मिठाई पसलमा कृषि राज्य मन्त्री सहित गुण नियन्त्रण विभागको छापा

बिकास निर्माण भन्ने कुरा एकल प्रयासमा नहुने रहेछ सबै लागे मात्रै सम्भव हुन्छ म सधै बिकास निर्माणका काम प्रती दृढ छु मन्त्री चौधरीको भनाइ छ।सामाजिक सदभाव कायम गर्न र एक आपसमा सम्बन्ध सुदृढ गर्ने उदेश्य सहीत कुस्ती खेलको आयोजना गरिएको आयोजक समितिका संयोजक जोगनारायन यादवले बताए । कार्यक्रममा नवलपरासी बाट बाबा हरीओम दास र भारतबाट बिजय प्रसाद सिंह बिच हात मिलाइदिएर राज्य मन्त्री चौधरीले खेलको उदघाटन गरेकी थिईन । पहिलो खेलमा सिंह( भारत )लाई हराउदै दास (नेपाल)ले जितेका थिए ।

याे पनि पढ्नुस  काठमाडौका मिठाई पसलमा कृषि राज्य मन्त्री सहित गुण नियन्त्रण विभागको छापा

खेल २८ र २९ दुई दिन सम्म चल्ने छ ।बिजयि खेलाडीलाई नगद पुरस्कार दिने संयोजक यादवले जानकारी गराएका छ्न । प्रतियोगितामा नेपाल र भारत दुबै देश बाट सयौं कुस्ती खेलाडीहरुको सहभागी रहेको आयोजकले जानकारी दिएका छ्न ।

कमेन्ट गर्नुहोस्