Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

परीक्षा तयारीः नेपालमा लेखा परिक्षणका चुनौतीहरु के के छन्?

प्रश्न: नेपालमा लेखा परिक्षणका चुनौतीहरु के के छन्? लेखा परिक्षणको महत्व एवं सुझावहरु लेख्नुहोस | लेखापरिक्षण ऐन, २०४८ अनुसार नेपाल सरकारको पूर्ण स्वामित्व भएका संगठित संस्थाको लेखापरिक्षण गर्ने सम्बन्धमा र परिक्सहं गर्ने कुराहरु सम्बन्धमा उल्लेख गर्नुहोस |

उत्तर:
==============
▶ नेपालमा लेखा परिक्षणका चुनौतीहरु:
१ बेरुजुको आकार बढ्दै छ

२ पेशागत दक्षता र सुधारको कमि,

३ यथार्थता र सुदृढताको चुनौती

४ एकै किसिमका बेरुजुहरु दोहोरिने समस्या

५ लेखा परिक्षणको सान्दर्भिकता उपर प्रश्न उठाइने

६ लेखा परिक्षणको प्रतिवेदन उपर कार्यकारी गम्भीरताको कमि

७ कार्यमुलक लेखा परिक्षणको समिति दायरा, प्रभावकारिता परिक्षण गर्न कठिन
==============
▶ नेपालको परिप्रेक्ष्यमा लेखा परिक्षणको आवस्यकता र महत्वहरु:

१ सार्वजनिक निकायहरुलाई बढी प्रभावकारी बनाउन

२ प्रशासनिक आर्थिक एवं व्यवस्थापकीय कार्यप्रणालीमा स्वच्छता बढाउन

३ प्रचलित कानुनको पालना गराउन र सामयिक सुधार गर्न

४ सार्वजनिक आर्थिक व्यवहारलाई स्वच्छ र सुदृढ गर्न

५ आर्थिक प्रशासनलाइ स्तरयुक्त, सुचनामुलक र सुधारात्मक बनाउन

६ सार्वजनिक श्रोत साधनको उच्चतम रुपमा सदुपयोग गर्न

==============

▶ लेखा परिक्षण सम्बन्धि सुझावहरु:

१. नियमितताको अतिरिक्त उपलब्धिमुलक लेखा परिक्षण गर्ने

२. कार्यमूलक लेखा परिक्षणलाइ गति दिने

३. लेखा परिक्षकलाइ तालिम दिने

४. राष्ट्रिय लेखा परिक्षण मापदण्ड जारि गर्ने

५. लेखापरिक्षण कार्यविधि, निर्देशिका र आचार संहिता लागु गर्ने लेखा परीक्षकहरुकै छुटै अनुगमन संयन्त्र तयार गर्ने

६. सबै किसिमका बेरुजुहरु सरल ढंगले सम्परीक्षण गर्ने

७. लेखा परिक्षण अदालत गठन गर्ने, लेखा परिक्षणका ज्यादती वा अनियमितता उपर छानबिन गर्ने
८. बेलाबेलामा सरकारलाई वित्तीय अनुशासन कायम गर्न कार्यक्रमगत र केन्द्रित सुझावहरु दिने
==============

▶नेपाल सरकारको पूर्ण स्वामित्व भएको संगठित संस्थाको लेखापरिक्षण:

१. प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल सरकारको पूर्ण स्वामित्व भएको संगठित संस्थाको लेखापरिक्षण यस ऐन बमोजिम महालेखा परीक्षकद्वारा हुनेछ |

२. उपदफा १ बमोजिम नेपाल सरकारको पूर्ण स्वामित्व भएका संगठित संस्थाको लेखापरीक्षण गर्न महालेखा परीक्षकले नभ्याउने भएमा पर्चालित कानुन बमोजिम प्रमाणपत्र प्राप्त लेखापरीक्षकहरुलाई महालेखा परीक्षकले सहायकको रुपमा नियुक्त गर्न सक्नेछ | यसरि सहायकको रुपमा लेखापरीक्षकहरु नियुक्त गर्दा नेपाली नागरिकलाई प्राथमिकता दिनुपर्नेछ |

३. उपदफा २ बमोजिम नियुक्त गरिएका लेखापरिक्षकहरुले महालेखा परीक्षकको निर्देशन, रेखदेख र नियन्त्रणमा रही काम गर्नुपर्नेछ |

४. उपदफा ३ बमोजिम सहायकको रुपमा नियुक्त भएका लेखापरीक्षकको काम, कर्तब्य, अधिकार र दायित्व तथा निजहरुले लेखापरिक्षण गर्दा अपनाउनुपर्ने प्रक्रिया एवं प्रतिवेदन पेशगर्ने सम्बन्धि व्यवस्था महालेखा परीक्षकले तोकिदिए बमोजिम हुनेछ |

५. उपदफा २ बमोजिम नियुक्त लेखापरीक्षकले सम्बन्धित संस्थाबाट पाउने पारिश्रमिक त्यस्तो संस्थाको आर्थिक कारोबार लेखाको अवस्था, साखा, उपशाखाको संख्या, कार्यबोझ तथा कार्यप्रगति समेत विचार गरि महालेखा परीक्षकले तोकिदिए बमोजिम हुनेछ |
==============
▶लेखापरिक्षण ऐन, २०४८ अनुसार परिक्षण गर्ने कुराहरु:

महालेखापरीक्षकले नियमितता, मितव्ययिता, कार्यदक्षता, प्रभावकारिता र औचित्य समेत विचार गरि देहायका कुराहरुको परिक्षण गर्ने:

क) विनियोजन ऐन बमोजिम विभिन्न सेवा तथा कार्यहरुमा खर्च गर्न विभिन्न शिर्षक तथा उपशिर्षकहरुमा स्वीकृत भएका रकमहरु तोकिएको सेवा तथा कार्यका निमित्त स्वीकृत सिमाभित्र रही सोहि प्रयोजनका लागि खर्च गरिएको छ छैन,

ख) आर्थिक कारोबार गर्दा प्रचलित कानुनको अनुसरण गरिएको छ छैन र आम्दानी खर्च भएका कलमहरुको प्रमाण यथेष्ट छ छैन,

ग) तोकिएको ढाँचा अनुरुप लेखा राखिएको छ छैन र त्यसले आर्थिक कारोबारको यथार्थ चित्रण गर्छ गर्दैन,

घ) सरकारी सम्पती लगत दुरुस्त र अध्यावधिक छ छैन, सरकारी सम्पति संरक्षण र सुप्रबन्धको पर्याप्त व्यवस्था छ छैन

ङ) नगदी जिन्सी तथा अन्य सरकारी सम्पति समेतको हानि नोक्सानी र दुरुपयोग हुन नपाउने गरि अन्तरिक लेखापरिक्षण तथा आन्तरिक नियन्त्रण पर्याप्त व्यवस्था गरिएको छ छैन, भए त्यसको अनुसरण गरिएको छ छैन

च) राजस्व, अरु समस्त आम्दानी र धरौटी समेतको लेखा ठिक छ छैन, मुल्यांकन गर्ने, असुल तहसिल गर्ने र लेखा राख्ने तरिकाहरुको सम्बन्धमा पर्याप्त नियमहरु छन् छैनन्, भए तिनीहरुको पालना गरिएको छ छैन

छ) सरकारी ऋण, जमानत, निक्षेप, ऋण निवारण कोष तथा ऋण विमोचनका निमित्त पर सारिएको र विमोचन गरिएको रकम्हारुको लेखा यथार्थ छ छैन,

ज) औद्योगिक तथा व्यवशायिक सेवाहरुको आम्दानी खर्च, लेखा, त्यसको जिन्सी नगदी मौज्दात तथा आर्थिक कारोबारसम्बन्धि व्यवस्था र नियमहरु पर्याप्त छन् छैनन् भए तिनीहरुको पालना गरिएको छ छैन,

झ) कार्यालयको संगठन, व्यवस्थापन तथा कार्य विभाजन यथेष्ट र समुचित छ छैन र सोअनुसार कार्य संचालन भएको छ छैन,

ञ) कुनै काम अनावस्यक रुपमा दोहोरो हुने गरि विभिन्न कर्मचारी वा निकायबाट गरिएको वा कुनै आवस्यक काम गर्न छुटाएको छ छैन,

ट) उपलब्ध श्रोत, साधन तथा सम्पतिको समुचित उपयोग भएको छ छैन र हानि नोक्सानी नहुने गरि सम्भार तथा संरक्षणको उचित व्यवस्था गरेको छ छैन,

ठ) कार्यक्रम अनुसार निर्धारित समयभित्र प्रगति भएको छ छैन तथा कामको गुणस्तर र परिमाण सन्तोषजनक छ छैन,

ड) कार्यालयको उदेश्य र नीति स्पष्ट छ छैन र निर्दिष्ट उदेश्य तथा नीतिअनुरुप कार्यक्रम तयार भएको छ छैन,

ढ) स्वीकृत लागत खर्चको सिमाभित्र रही कार्यक्रम संचालन गरिएको छ छैन र लागतको तुलनामा प्राप्त प्रतिफल मनासिव छ छैन,

ण) लक्ष प्रगति र लागत खर्चको आँकडा राख्ने व्यवस्था पर्याप्त र भरपर्दो छ छैन,

कमेन्ट गर्नुहोस्

%d bloggers like this: