Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

मादलको कारोबार घट्यो

वामी, कात्तिक २९ ।

पछिल्लो समयमा मादलको कारोबारमा निकै कमी आएको छ । गत वर्ष झण्डै डेढ सयसम्म मादल बिक्री भएको तर अहिले भने त्यसको तुलनामा निकै कम भएको छ ।

यो वर्ष हालसम्म १५÷१६ वटा मात्र मादल बिक्री भएको रेसुङ्गा नगरपालिका–१ तम्घास बजारका मादल व्यवसायी डिलबहादुर नेपालीले जानकारी दिनुभयो ।

नेपालीले भने, “नयाँ मादल त निकै कम मात्रामा बिक्री भयो, पुराना १२-१३ वटासम्म मादल मर्मत सम्भारका लागि आएका छन् ।

मादल व्यवसाय गरेर दैनिकी चलाउन धौधौ छ ।” नेपालीले पुरानो बाजा संस्कृति छोड्दै पछिल्ला केही वर्षयता आधुनिक बाजातर्फ मानिस अग्रसर हुन थालेपछि आफूले बनाएका मादल बिक्री वितरण निकै कम हुँदै गएको बताए ।

बागलुङ गल्कोटदेखि मादल व्यवसाय गर्न गुल्मी आएका नेपालीले ५ वर्षयता निरन्तररूपमा सदरमुकाम तम्घास बजारमा गोल्कोटे मादल पसलको नामबाट व्यावसायिक रूपमा मादल व्यवसाय गर्दै आएका छन् । रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: