कैलालीका स्थानीय तहको बैठक सम्पन्न

धनगढी, कातिक २९ ।

कैलालीका स्थानीयतहहरुको नियमित बैठक बुधवार धनगढीको भादामा सम्पन्न भएको छ ।

धनगढी उपमहानगरपालीकाको आयोजनामा बसेको १४ औं नियमित बैंठकले नगरपालीका र गाउँपालीकाका सिमा विवाद सुल्झाउने, ढुंगा, गिट्टी वालुवा सम्वन्धी देखिएका बिवाद सुल्झाउने,मदिराको बिक्रिवितरणलाई ब्यबस्थीत गर्ने, पर्यटकिय स्थालको अध्ययन र कनेक्टीभिटी बढाउने, सामुदायीक पशु चौपयाको ब्यबस्थापनका बिषयमा छलफल तथा निर्णय भएको छ ।

याे पनि पढ्नुस  छुट्टाछुटै दुर्घटनामा तीन जनाको मृत्यु

जिल्ला समन्वय समिति कैलालीका संयोजक सूर्यबहादुर थापाले बिभिन्न ५ वटा बिषयमा छलफल तथा निर्णयहरु भएको बताए । उनले यसरी नियमित बैठक बस्दा स्थानीयतहमा देखिएका समस्याहरु समेत समाधान गर्न सजिलो भएको बताए ।

धनगढी उपमहानगरपालीकाका प्रमुख नृपबहादुर वडले सबै स्थानीयतहमा केहि न केहि समस्या देखिने गरेको बताए । उनले भने,नियमित बैठकमा स्थानीयतहले गरेका राम्रा अभ्यासहरु अरु स्थानीय तहसँग आदानप्रदान गर्ने गर्दछौं । बुधवारको बैठकमा धनगढीले पनि गरेका राम्रा अभ्यास आदानप्रदान गर्ने अवसर मिल्यो ।

याे पनि पढ्नुस  स्थानीय तहकाे चुनाव अवधिभर शान्ति सुव्यवस्था कायम राख्न अाग्रह

धनगढी उपमहानगरपालिकाका उप प्रमुख सुशिला मिश्र भट्टले नियमित बैठकले एक स्थानीय तहबाट अर्को स्थानीय तहले थुप्रै कुरा सिकिरहेको बताईन । उनले भनिन्, जनप्रतिनिधि र प्रमुख प्रशासकिय अधिकृतबीच अन्तरक्रिया समेत हुने गरेको छ यो आफैमा राम्रो कुरो हो ।

बुधवारको बैठकमा कैलालीका १३ वटै स्थानीयतहमा प्रमुख, उप प्रमुख, प्रमुख प्रशासकिय अधिकृतहरुको सहभागिता रहेको थियो । आउदो बैठकको आयोजना चुरे गाउँपालीकाले गर्ने छ ।

याे पनि पढ्नुस  इन्डो–नेपाल कराँते प्रतियोगिता हुने

कमेन्ट गर्नुहोस्