Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

बिहीबारदेखि ‘कोलम्बो प्रोसेस’ बैठक काठमाडौंमा शुरू

१२ देशका उच्च अधिकारीहरु सहभागी

काठमाडौ, कार्तिक २९ ।

‘कोलम्बो प्रोसेस’को बैठक बिहीबारदेखि काठमाडौंमा शुरु भएको छ ।

बैठकमा १२ देशका उच्च अधिकारीहरु सहभागी छन् ।

‘कोलम्बो प्रोसेस’को स्थापना सन् २००३ मा श्रीलंकामा भएको थियो । वैदेशिक रोजगारमा कामदार पठाउने एशियाली राष्ट्रहरुको साझा मञ्चका रुपमा कोलम्बो प्रोसेसको स्थापना भएको हो । सन् २०१७ मार्च २९ देखि नेपालले यसको अध्यक्षता गर्दै आएको छ ।

कोलम्बो प्रोसेसकोको बैठकमा अन्तर्राष्ट्रिय आप्रवासन र अनुबन्धनमा आधारित श्रमका विषयमा एक आपसमा परामर्श हुने श्रम, रोजगार तथा सामाजीक सुरक्षा मन्रालयले जनाएको छ । कोलम्बो प्रोसेसका १२ सदस्य राष्ट्रहरुमा अफगानिस्तान, बंगलादेश, कम्बोडिया, चीन, भारत, इण्डोनेसिया, नेपाल, पाकिस्तान, फिलिपिन्स, श्रीलंका, थाइल्याण्ड र भियतनाम छन् ।

कोलम्बो प्रोसेसले वैदेशिक कामदारको हक अधिकारको प्रवर्द्धन, सेवा र सुविधाको संरक्षणलगायतका विषयलाई प्राथमिकतामा राखेको छ ।

शुक्रबार मन्त्रीस्तरीय बैठक हुने छ । बैठकमा सहभागीदेशका मन्त्रीहरुले आप्रवासन सम्बन्धी विभिन्न सिफारिस र कार्ययोजनामाथि विचार विमर्श गर्ने छन् । यस अघिका बैठकका सिफारिसहरुको कार्यान्वयनको समिक्षा र आगामी दिनमा गरिने कार्यहरुको पहिचान गरिने श्रम मन्त्रालयले जनाएको छ।

बिहीबारको बैठकले शुक्रबार हुने बैठकका लागि कार्यसूची सिफारिस गर्ने कार्ययोजना छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: