धर्ना बसेका निर्मलाका बुबालाई अचानक के भयो यस्तो ?

कंचनपुर, कार्तिक २९ । छोरीको हत्या भएपछि न्यायका लागि धर्नामा रहेका निर्मला पन्तका बुवा यज्ञराज पन्त बिमारी परेका छन् । कंचनपुरको जिल्ला प्रशासन कार्यालयको गेटमा विगत पाँच दिनदेखि धर्नामा रहेका पन्त चिसोका कारण बिरामी परेको स्वास्थ्यकर्मीहरूले बताएका हुन् ।

पन्तलाई महाकाली अंचल अस्पतालबाट आएको स्वास्थ्यकर्मीहरूको टोलीले धर्नास्थलमै उपचार गरिरहेका छन् । उपचारमा संलग्न स्वास्थ्यकर्मीहरूका अनुसार उनको छातीमा संक्रमण देखिएको छ र उनलाईज्वरो समेत रहेको छ ।

याे पनि पढ्नुस  प्रहरी यतिसम्म त्रसितः निर्मलाका पोस्टर च्यात्ने अभियान नै सुरु

पन्तलाई हिजो रातिदेखि ज्वरो र खोकीले पिरोल्न थालेको थियो । अहिले उनकी आमाको स्वास्थ्यमा समेत समस्या देखिन थालेको त्यहाँ उपस्थित सामाजिक कार्यकर्ताहरूले बताएका छन् ।

गत साउनमा बलात्कारपछि हत्या गरिएकी भीमदत्त नगरकी किशोरी निर्मला पन्तको हत्यारा अझै सार्वजनिक हुन सकेको छैन । विगत चार महिना यता यस मुद्दाले देशव्यापी चर्चा पाएको छ ।

याे पनि पढ्नुस  निर्मला हत्या प्रकरण: साथी रोशनी र उनकी दिदी बबिता पक्राउ

कमेन्ट गर्नुहोस्