Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

विद्यालयमा छात्राहरुलार्इ सेनेटरी प्याड वितरण

पाल्पा, कात्तिक २९ ।

पूर्वखोला गाउँपालिका पाल्पाले विद्यालयका छात्राहरुलाई सेनेटरी प्याड वितरण गरेको छ ।

छात्रा महिनावारी भएका समय विद्यालय नआउने र बीचमै विद्यालय छाड्ने दरलाई कम गर्न सेनेटरी प्याड वितरण गरिएको हो । गाउँपालिकाको ७५ प्रतिशत र विद्यालयको २५ प्रतिशत अनुदानमा सेनेटरी प्याड वितरण गरिएको छ ।

गाउँपालिकाभित्रका ७ मावि र ८ आधारभूत विद्यालयमा ७२ प्याक सेनेटरी प्याड वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

महिनावारी भएका बखत छात्रा विद्यालय नजाने, बीचमै कक्षा छाड्ने दर बढ्न थालेपछि गाउँपालिकाले विद्यालयमा सेनेटरी प्याड वितरण गरेको गाउँपालिकाका अध्यक्ष नुनबहादुरले बताए । विद्यालयमा वितरण गरिएको सेनेटरी प्याड महिला शिक्षकसँग छात्राले सम्पर्क राखी प्रयोग गर्ने व्यवस्था मिलाइएको छ । रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: