Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

बहिराको लागि नमुना विद्यालय बनाउछौंः नगरप्रमुख

धनगढी, कातिक २९ ।

धनगढी उपमहानगरपालीकाका प्रमुख नृपबहादुर वडले धनगढीको बेलामा बहिराहरुले अध्ययन गर्ने नमुना विद्यालय निर्माण गरिने बताएका छन् ।

बिहीबार दछिणकाली आधारभूत विद्यालयको तिन कोठे भवनको सिलन्यास गर्दै नगरप्रमुख वडले यस्तो प्रतिवद्धता ब्यक्त गरेका हुन । उनले धनगढी उपमहानगरपालिकाले फरक क्षमता भएका ब्यक्तिहरुलाई अवसर दिने कुरा निति तथा कार्यकक्रमा नै समेटेको बताए । धनगढी उपमहानगरपालीकामा एउटा मात्रै बहिराहरुलाई पठनपाठन गराउने बिद्यालय हो नगरप्रमुख वडले भने, यसलाई ब्यबस्थीत बनाएर गुणस्तरीय शिक्षा प्रदान गर्न सकिन्छ ।

विद्यालय भवन निर्माण गर्नका लागि एक दिन श्रमदान गर्न नगरप्रमुखले समुदायसँग आग्रह गरे ।

बहिरा संघ कैलालीका अध्यक्ष दिनेश पनेरुले बहिराको लागि बिद्यालय भवन निर्माण गर्न सहयोग गर्नेलाई धन्यवाद दिए । उनले सबैको सहयोग भए चाँडै यस विद्यालयलाई माध्यमिकतह सम्म संचालन गरिने बताए । बिद्यालय भवन धनगढी उपमहानगरपालीका र विल्ड डनको सहयोगमा निर्माण हुन गैरहेको पनि पनेरुले बताए ।

भवन निर्माण समिति र विल्ड डन बिच बिहीबार नै सम्झौता भएको विल्ड डनका इञ्जिनियर गोकुल जोशीले बताए ।

यस बिद्यालयमा ९० जना विद्यार्थी मध्य ३५ जना बहिरा विद्यार्थी रहेका छन् । चाँडै बहिराहरको मात्रै पठनपाठन हुने गरी संरचना निर्माण गरिने बताईएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: