Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

आज रविले सस्कृति झल्किने पोसाकमा प्रस्तुति दिदैं

लोकेश धामी, काठमाडौं । नेपाल आइल सिजन- २ सम्पन्न हुन अब धेरै दिन बाँकी छैन । मात्र अब आइडलमा ‘उत्कष्ठ आठ’ प्रतिस्पर्धी बाँकी छन् । ८ मध्ये एकजनाको यात्रा भोलि (शुक्रबार) समाप्त हुनेछ । योसँगै आइडलमा ‘उत्कृष्ठ ७’  जना रहने छन् ।

‘उत्कृष्ठ ७’ मा पुग्नका लागि आज (बिहीबार) आठै जना प्रतिस्पर्धीले प्रस्तुति दिदै छन् । नेपाल आइडलको आयोजकले सार्वजनिक गरिएको ट्रेलरका अनुसार आजको अंकमा सबै प्रतिस्पर्धीले मौलिक गीत गाउँने छन् । उनीहरुले आ-आफ्नो क्षेत्रको मौलिकतामा आधारित गीत गाउने भएका हुन् ।

ट्रेलरमा पनि सबै प्रतिस्पर्धीले फरक-फरक पारम्परिक पोसाकमा देख्न सकिन्छ । यसैबीच, सुदूरपश्चिमबाट नेपाल आइडलको ‘उत्कृष्ठ ७’ मा पुग्न सफल एक मात्र प्रतिस्पर्धी रवि ओडले पनि आफ्नै मौलिक पोसाकमा आज स्टेज तताउने छन् ।

आइडलको शिखर नजिक पुगिरहेका रवि पछिल्लो अंकहरुमा झन् उत्कृष्ट प्रस्तुति दिदैं आएका छन् । आज (शुक्रबार) पनि उनले आफ्नै मौलिक पोसाकमा उत्कृष्ट प्रस्तुति दिनेमा उनका समर्थक एवं स्रोता-दर्शक ढुक्क छन् ।

रविले लगाएको पोसाक हेर्ने हो भने आज उनले सुदूर तथा मध्यपश्चिमको लोकप्रिय देउडा गीत गाउन सक्ने आँकलन गर्न सकिन्छ । अाज (बिहीबार) फेरि रवि भोटका लागि गीत गाउँदै छन् । उनको प्रस्तुतिलाई मन पराएर भोट गर्नेले तरिका थाह पाउन आवश्यक छ यस्तो छ रविलाई भोट गर्ने तरिका-

रबिलाई भोट दिन मोबाइलको Message Box मा गएर १० टाईप गरी ३१००९ मा पठाउनुपर्ने हुन्छ । भोटिङ बिहीबार राति ८ः३० बजेबाट खुल्ला हुने छ र शुक्रबार बिहान १२ बजेसम्म गर्न सकिने छ। विदेशमा बस्नेहरुले Rise and respect app डाउनलोड गरी उनको कोडमा गई भोट गर्नुपर्ने हुन्छ ।

 

कमेन्ट गर्नुहोस्

%d bloggers like this: