Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

श्रीलंकाको संसद बैठकमै कुटाकुट

कोलम्बो । श्रीलंकामा चर्कँदो दलीय तनावका बीच आज संसद बैठकमै सांसदहरुबीच कुटपिट चलेको छ । सामूहिक रुपमै झगडा हुँदा एक सांसदलाई त अस्पताल नै पुर्याउनु परेको छ ।

कुटपिटमा संलग्न दिलुम अमुनुगाम्ना नाम गरेका सांसदलाई अस्पताल भर्ना गरिएको छ । बिहीबार बिहान यहाँ संसद बैठक चलिरहँदा प्रधानमन्त्रीमा नियुक्त भएका पूर्वराष्ट्रपति महिन्दा राजपाक्षेका समर्थक सभामुखविरुद्ध उत्तेजित बनेपछि कुटपिट चलेको हो ।

सेतो र सफा कपडा पहिरनमा बैठकमा उपस्थित भएका थुप्रै सांसदहरु आपसमा मुक्कामुक्की नै गरेका थिए । झगडाबीच एक सांसद त विरोधी सांसदको प्रहारपछि भुईँमै पल्टिएका थिए । अन्नपूर्ण पोस्टबाट

कमेन्ट गर्नुहोस्

%d bloggers like this: