Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

मेयरकै इँटा उद्योगमा गाँजाको कारोबार !

विराटनगर, कार्तिक २९ । झट्ट सुन्दा अपत्यारीलो लाग्ने यो घटना यथार्थ हो । जनप्रतिनिधिले नै सञ्चालन गरेको इटा भट्टामा गाँजा फेला पर्यो भनेको खबर सुन्दा अलि अचम्म त लाग्छ नै !

राम्रोका कार्य गर्न जिताएका कतिपय जनप्रतिनिधिले नै गाँजा कारोबारमा संग्लन त छैनन् ? यस्तो प्रश्नले जनतालाई पछुतो बनाउन बाध्य बनाउँछ । यसैबीच, मोरङको रंगेली नगरपालिकाका प्रमुख दिलिप बगडियाले सञ्चालनमा ल्याएको आनन्द इँटा उद्योगमा गाँजा फेला परेको छ ।

इँटा उद्योगमा प्रहरीले छापा मार्ने क्रममा अवैध गाँजाको कारोबार तथा बिक्रीबितरणमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेपछि घटना बाहिर आएको हो । उद्योगभित्र गाँजाको बिक्रीवितरणमा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ ।

भट्टाका मजदुर भारतको बंगाल कुचबिहारका ३० वर्षीय हेमन्त बर्मनले उद्योगभित्रै गाँजाको कारोबार गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ । उद्योगभित्र क्यान्टिन चलाउँदै आएका उनले बाहिरबाट गाँजा खरिद गरेर ल्याउने र त्यहाँभित्र रहेका कामदारलाई बिक्री गर्ने गरेको पाइएको छ ।

उनले बिक्री गर्ने गाँजा एक चिलिमको ५० भारतीय रुपैयाँमा कारोबार हुने गरेको प्रहरीले जनाएको छ । अत्याधिक बिक्री हुने इँटा मध्येको उद्योगमा नेपालीभन्दा धेरै भारतीय कामकार कार्यरत छन् । उनीहरू भारतको कुचबिहारबाट आउने र ७ महिनासम्म काम गरेर फर्किने गर्दछन् ।

इँटा उद्योगभित्र गाँजाको कारोबार हुने गरेको सुराकीको आधारमा गएको इलाका प्रहरी कार्यालयको टोलीले छापा मार्ने क्रममा लागूऔषध गाँजा साढे २ किलोग्राम बरामद भएको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक कविन्द्रकुमार कार्कीले जानकारी दिए । पक्राउ परेका भारतीय नागरिकलाई लागूऔषध कारोबार अन्तर्गत म्याद थप भएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: