Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

बाजुरामा जिप दुर्घटना, चालकको मृत्यु

बाजुरा, कार्तिक २९ । जिल्लाको खप्तड छेडेदह गाउँपालिकाबाट जिल्ला सदरमुकाम मार्तडी आउँदै गरेको से१ज ५४३ नम्बरको जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

साँफे मार्तडी सडक अन्तरगत बुढीगंगा नगरपालिका– २ बल्देमा दुर्घटना हुँदा त्रिवेणी नगरपालिका–४ का ४० वर्षीया जिपका चालक धनबहादुर साउदको मृत्यु भएको हो । दुर्घटनामा दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

घाइते हुनेमा मृतक चालक साउदका २२ वर्षीय छोरा नवराज साउद र खप्तड छेडेदह गाउँपालिका–५ डोगडीका कुम्भ बुढा रहेका छन् ।

घाइतेहरुको थप उपचारका लागि अछामको बयालपाटा अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । सडकभन्दा १ सय मिटर तल खसेको थियो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: