Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

एभरेष्ट प्रिमियर लिगले पायो आईसीसीको मान्यता

काठमाडौं, कार्तिक २९ । एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले मान्यता दिएको छ । ईपीएलको आयोजकले बिहीबार एक विज्ञप्ति जारी गर्दै मान्यता प्राप्त भएको जानकारी दिएको हो ।

ईपीएलले आईसीसीलाई २० हजार अमेरिकी डलर शुल्क बुझाएपछि काठमाडौंमा हुने फ्रेन्चाइजी टी–२० क्रिकेट प्रतियोगिताले मान्यता पाएको हो ।ईपीएल मंसिर २२ गतेदेखि कीर्तिपुरमा रहेको त्रिवि क्रिकेट मैदानमा हुँदैछ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: