Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

सिके राउत सर्वोच्च अदालत उपस्थित

काठमाडौं, कार्तिक २९ । रौतहटबाट पक्राउ परेका सिके राउतलाई आज (बिहीबार) सर्वोच्च अदालतमा उपस्थित गरिइएको छ। सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरण रिट दायर भएपछि ५ दिनभित्रै अदालतमा उपस्थित गराउन आदेश दिएको थियो।

बिहीबार उक्त मुद्दामा बहस भएपनि फैसला शुक्रबार मात्रै आउने सर्वोच्च स्रोतले जनाएको छ। अलग मधेशको वकालत गर्दै आएका राउतलाई प्रहरीले असोज २१ गते रौतहटबाट पक्राउ गरेको थियो।

विखण्डनकारी गतिविधि गरिरहेको आरोपमा राउत पक्राउ गरेका हुन्। उनलाई अदालतमा प्रस्तुत गराउन मागसहित बन्दीप्रत्यक्षीकरण रिट दायर भएपछि प्रहरीले सर्वोच्चमा उपस्थित गराएको हो।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: