हुलाकी सडक युद्धस्तरमा निर्माण गर्न खानेपानी मन्त्रीको निर्देशन

कञ्चनपुर, कार्तिक २९ । खानेपानी मन्त्री बिना मगरले कञ्चनपुरमा निर्माण हुन लागेको हुलाकी राजमार्ग आयोजनाको काम युद्धस्तरमा अघि बढाउन निर्देशन दिएकी छन् ।

बिहीबार निर्वाचन क्षेत्र विकास कार्यक्रमको योजना छनौटका लागि गृहजिल्ला आएको बेला महेन्द्रनगरमा हुलाकी राजमार्ग आयोजना र निर्माण कम्पनीका कर्मचारीलाई सडकको काम दु्रत गतिमा अघि बढाउन निर्देशन दिएकी हुन् ।

मन्त्री मगरले भनिन्, ‘हुलाकी राजमार्ग निर्माणमा ढिलासुस्ती भएको जनगुनानो बढ्दै भएको छ, सडक निर्माण युद्धस्तरमा गर्नुहोस ।’ मन्त्री मगरले आयोजना र निर्माण कम्पनीका कर्मचारीलाई बोलाएर सम्झौता अनुसार नियमित ढङगबाट निर्माण गर्न समेत निर्देशन दिइन् । काममा कुनैपनि लार्पबाही नगर्न समेत उनले आग्रह गरिन् ।

याे पनि पढ्नुस  कञ्चनपुरमा कालाजारका बिरामी फेला

बर्षौदेखि जनताले हिउँदमा धुलाम्मे र बर्षातमा हिम्लाम्मे हुने अवस्था कहिलेसम्म भोक्ने भन्दै मन्त्री मगरले सम्बन्धीत निकायले जनताको पिरमर्का समेत बुझ्नुपर्नेमा ध्यान केन्द्रीत गरिन् । ‘जनताको चाहना अनुसार सडकको काम गर्नुहोस् ।’ मन्त्री मगरले अगाडि थपिन् ‘सडक निर्माणमा गुणस्तरियताका कमि नगर्नुहोला ।’

अहिले कहाँबाट कहाँसम्म कालोपत्रे गर्ने, कहाँबाट माटो, ग्राभिलिङ्ग फिलिङ्ग गर्ने भन्ने विषयमा निर्माण कम्पनीले सोही ढंगले काम अघि बढाउनुपर्ने मन्त्री मगरको सुझाव थियो ।

याे पनि पढ्नुस  किन्ने हाेइन त ?

बेलौरी–कलुवापुर सडकखण्ड पनि दुत गतिमा अघि बढाउन निर्देशन दिदैं मन्त्री मगरले काम नगर्ने निर्माण कम्पनीका विषयमा सम्बन्धीत कार्यालयले कार्बाही प्रकृया अघि बढाउन समेत निर्देशन दिइन् । जनताको काममा रतिभर पनि ढिलासुस्ती लार्पबाही नगर्न समेत मन्त्री मगरले सम्बन्धीत निकायसंग आग्रह गरिन् ।

हुलाकी सडक निर्माणको जिम्मा पाएको राजेन्द्र जेभी निर्माण कम्पनीका ईन्जिनियर रोशन भट्टले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अवरोधका कारण ढिलासुस्ती भएको बताउदै उनले केही निर्माण कम्पनीका तर्फबाट समेत ढिलाई भएको स्वीकार गरे ।

याे पनि पढ्नुस  निर्मला बलात्कार प्रकरणः प्रमाण नष्ट हुँदा अनुसन्धानमा गाह्रो

उनले दैजी र पुर्नवासमा चार चार किलोमिटर कालोपत्रे गर्ने बताउदै निकुञ्जमा माटो भरान हुँदै बेस निर्माण भइरहेको बताए । हुलाकी राजमार्ग आयोजका ईन्जिनियर पदमबहादुर मडैले आयोजनामा जनशक्ति अभावका कारण ढिलासुस्ती भएको बताउदै उनले कार्यालय प्रमुखै बिहिन रहेको गुनासो पोखे ।

डिभिजन सडक कार्यालय कञ्चनपुरका ईन्जिनियर खगेन्द्र शाहीले हुलाकी राजमार्ग आयोजना र बेलौरी कलुवापुर सडकको काम बारे मन्त्रीलाई जानकारी गराएका थिए ।

कमेन्ट गर्नुहोस्