पार्टीभित्रका गुटलाई व्यवस्थापन गर्नुपर्छः नेता पौडेल

पर्सा, कार्तिक २९ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्र रहेका गुटलाई व्यवस्थापन गरी अगाडि बढ्नुको विकल्प नभएको बताएका छन् ।

प्रजातान्त्रिक आन्दोलनका योद्धा हरिहरप्रसाद कलवारको १३औं दिनको पुण्यतिथीको अवसरमा नेपाली काङ्ग्रेस पर्साले आज वीरगञ्जको हरपतगङ्गमा आयोजना गरेको श्रद्धाञ्जलिसभालाई सम्बोधन गर्दै नेता पौडेलले यस्तो धारणा व्यक्त गरेका थिए ।

याे पनि पढ्नुस  निर्मला हत्या प्रकरणमा कांग्रेस गम्भीर छः नेता बडू

वरिष्ठ नेता पौडेलले भने, ‘मिल्ने मात्र होइन, नेताहरुमा रहेका गलत प्रवृत्तिलाई समाप्त पारी पार्टीलाई एकढिक्का बनाई अगाडि बढ्नु नै आजको आवश्यकता हो ।’ उनले अरुको पतनमा आफ्नो प्रगति देख्ने प्रवृत्तिलाई अन्त्य गर्दै नेतृत्वले न्याय, निष्पक्षता र पारदर्शी मुल्यांकनको आधारमा पार्टीलाई अगाडि बढाउन आवश्यक रहेको विचार व्यक्त गरे ।

याे पनि पढ्नुस  गरिबीको रेखामुनि रहेकाको जीवनस्तर माथि उठाइने: मन्त्री बस्नेत

नेता पौडेलले भ्रष्टाचार, महँगी, अपराध बढ्दै गएकाले जनतामा वर्तमान सरकारप्रति निराशा छाएको आरोप लगाए । उनले सरकार गठन भएको छ महीना बितेपनि सरकारले जनतालाई राहत दिनुको साट्टा काण्डै–काण्डमात्र दिएकाले जनता निरास भएको टिप्पनी गरे ।

नेपाली कांग्रेस पर्साका अध्यक्ष अजयकुमार द्विवेदीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा काङ्ग्रेसका केन्द्रिय सदस्य रमेश रिजाल, अजयकुमार चौरसिया लगायतका वक्ताले तीनै तहका सरकारको कर नीतिले जनतालाई दुःखी बनाएको धारणा व्यक्त गरे । -रासस

कमेन्ट गर्नुहोस्