Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

पशुपक्षी क्षेत्रमा बिकासको कार्ययोजना तयार पारेका छौ – राज्य मन्त्री चौधरी

काठमाण्डौं,कार्तिक २९।कृषि तथा पशुपक्षी बिकास राज्य मन्त्री राम कुमारी चौधरीले पशुपक्षी क्षेत्रमा बिकासको कार्ययोजना तयार भएको र कार्यन्वयनमा द्रुत गतिमा अगाडी बढी रहेको बताएकी छिन।

लाईभस्टोक ईनोभेसन परियोजना मार्फत पशुपक्षी पालनमा गुणात्मक वृद्धि गर्न कृषकहरुलाइ अनुदान दिने ,बजार निर्माण गर्ने , मासु उधोगहरुको स्थापना गर्ने र दूध,अण्डा र मासुमा आत्मनिर्भर बनाउने योजना रहेको जानकारी दिएकि छन्। NASA ( Nepal Animal science Association )को आठौ राष्टिय महाधिवेशन उदघाटन गर्दै राज्य मन्त्री चौधरीले उक्त उक्त कुरा बताएकी हुन।

कार्यक्रममा देश भरका पशुपक्षी तथा मत्स्य बिकासमा कार्यरत बिज्ञ ,अनुसन्धानमा संलगन बैज्ञानिक ,प्राध्यापकहरुको सहभागीता रहेको कार्यक्रममा सबैलाई पशुजन्य उत्पादनमा वृद्धि गर्न र यस्को औद्योगिकरणको लागि सहयो गर्न आग्रह गरेकी थिइन् ।

सामाजिक आर्थिक तथा वातावरणीय दिगोपनाको लागि पशुपक्षी एव मत्स्य बिकास मुलनाराका साथ कार्यक्रम सम्पन्न हुने आयोजक समितिका अध्यक्ष देवेन्द्र प्रसाद यादवले जानकारी गराए । कार्यक्रममा बिज्ञहरुले कार्यपत्र समेत पेश गरेका थिए । कार्यक्रममा सचिव द्वय युवक ध्वज जिसी र प्रकाश माथेमाको समेत बिशेष उपस्तिथि रहेको थियो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: