प्रधानमन्त्रीसँग युएनका उपमहासचिवको भेट, भयो गम्भीर छलफल

काठमाडौं, कार्तिक २९ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुक्त राष्ट्रसङ्घ (युएन) का उपमहासचिव अमिना जे मोहम्मदले शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार साँझ भएको भेटवार्तामा प्रधानमन्त्री ओलीले युएनको शान्ति अभियानमा नेपालले सन् १९५८ देखि नै योगदान गरिरहेको स्मरण गराएका थिए ।

याे पनि पढ्नुस  बुझ्नेलाई नेकपा श्रीखण्ड, नबुझनेलाई खुर्पाको बिडः प्रधानमन्त्री ओली

उपमहासचिव मोहम्मद शिक्षासम्बन्धी अन्तर्राष्ट्रिय अभियानमा भाग लिन बुधबार नेपाल आएका हुन् । प्रधानमन्त्री ओलीले नेपालको विकास र समृद्धि निर्माणमा संयुक्त राष्ट्रसंघले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्नुभएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले जानकारी दिए ।

‘राष्ट्रसङ्घको ७३औं महासभामा भाग लिने क्रममा पनि यस विषयमा संयुक्त राष्ट्र संघका महासचिवसँग विस्तृतमा कुराकानी भएको छ’ प्रधानमन्त्री ओलीको भनाई उद्धृत गर्दै उनले भने, ‘नेपालको शान्ति, विकास र समृद्धिका लागि युएनले गरेको सहयोगका लागि धन्यवाद दिन चाहन्छु ।’

याे पनि पढ्नुस  प्रधानमन्त्री भन्छन्, ‘अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाले विश्वमै नेपाल चिनिने छ’

यसैगरी उपमहासचिव मोहम्मदले नेपालले दिगो विकास लक्ष्य सन् २०३० हासिल गर्नका लागि गरेको प्रयासको प्रशंसा गरेको परराष्ट्र सल्लाहकार डा. भट्टराई जानकरी दिए ।

उनका अनुसार उपमहासचिव मोहम्मदले नेपालको राजनीति दिगो विकास लक्ष्य हासिल प्राप्त गर्न सही बाटोतिर गइरहेको भन्दै नेपाल सरकारको प्राथमिक क्षेत्रका आधारमा सहयोग गर्न तयार रहेकोसमेत उल्लेख गरेका छन् । -रासस

कमेन्ट गर्नुहोस्