कुवेतमा बर्षाका कारण बन्द भएको अन्तर्राष्ट्रिय उडान पुनःसुचारु

कुवेत,कार्तिक २९।दुई दिन देखि लगातार परेको अविरल बर्षाका कारण बुधबार रातिबाट बन्द गरिएको कुवेतको रास्ट्रीय र अन्तर्राष्ट्रिय उडान सेवा पुन संचालनमा आएको छ।

बुधबार बाट सुरु भएको भारी बर्षाका कारण बिमानस्थलमा आवतजावत गर्न समस्या भएपछि रातिबाट सबै उडान रद्ध गरिएको थियो भने मौसममा केहि सुधार आएपछि बिहिवार दिउँसो ४ बजे बाट पुन अन्तर्राष्ट्रिय उडान सुचारु गरिएको नागरिक उडान (DGCA) ले जानकारी दिएको छ।
बर्षाका कारण अन्तर्राष्ट्रिय उडान बन्द भएपछि नेपाल,बाङ्लादेश ,पाकिस्तान ,भारत,बहराइन लगायतका देशमा जान तयारी भएका हजारौं यात्रु अलपत्रमा परेका थिए।

याे पनि पढ्नुस  हृदयघातका कारण कुवेतमा एक नेपालीको निधन

अध्याधिक बर्षाका कारण जनजीवन प्रभावित भएपछि सरकारले बुधबार बाट चार दिन सम्मको लागि सरकारी निजि र आवासीय बिध्यालयलाइ समेत बन्द गर्न निर्णय गरेको छ।सडक भरी पानी भरिएर आवतजावतमा समेत समस्या भएपछि विशेष काम बाहेक घर बाहिर ननिस्कन समेत सरकारले सबैलाई सचेत गराएको छ।

कमेन्ट गर्नुहोस्