कुवेतमा भिसा नवीकरण गर्दा नेपाली र बाङ्लादेशि नागरिकलाई फिङर प्रिन्ट अनिवार्य

कुवेत,कार्तिक ३०।कुवेतमा कार्यरत नेपाली र बाङ्लादेशि नागरिकले आफ्नो भिसा नबिकरण गर्नु गर्नु अघि अनिवार्य रूपमा फिङर प्रिन्ट गर्नै पर्ने भएको छ।

कुवेतको गृह मन्त्रालयले एक सुचना जारी गर्दै कुवेतमा रहेका हरेक क्षेत्रमा काम गर्ने सबै बंगलादेशी र नेपाली आप्रबासी कामदारहरुले आफ्नो कुवेतको भिसा नबिकरण गर्नु पहिले फिङर प्रिन्ट(औलाको छाप) दिनैपर्न अन्यथा उनिहरुलाई भिसा नबिकरणको नदिने बताएको छ।

याे पनि पढ्नुस  मलेसियामा एउटै कम्पनीका दुई नेपाली कामदारको मृत्यु

कुवेतको अपराध अनुसन्धान शाखा प्रमुखको आग्रहमा गृहमन्त्रालयले यस्तो नियम शुरु गरेको र यसरी फिङर प्रिन्ट लिएपछी जस्तो सुकै अपराध गरेको भए पनि अपराधीलाई फिङर प्रिन्ट(औलाको छाप)को आधारमा पक्राउ गर्न सकिने र कोही पनि अपराधी उम्कन नपाउने कुवेत सिटि न्युजले उल्लेख गरेको छ।

याे पनि पढ्नुस  कम्पनीले तलब नदिएपछि मलेशियामा हजारौं नेपाली आन्दोलित

कुवेत सरकारले नयाँ नियम लागु गर्ने बताए पनि कुवेत स्थित नेपाली दुताबासले भने कुवेतमा रहेका सम्पूर्ण नेपाली कामदारहरुलाई आफ्नो भिसा नबिकरण पहिले फिङर प्रिन्ट गर्नै पर्ने बारे कुनै अधिकारिक परिपत्र वा जानकारी नआएको बताएको छ।

कुवेतमा पछिल्लो समय नेपाली र बाङ्लादेशि नागरिक अपरधिक क्रियाकलापमा निक्कै सक्रिय देखिन थालेपछि यस्तो नियमलागु गरिएको स्थानीय संचारमाध्यले जनाएका छन्।

कमेन्ट गर्नुहोस्