ब्रेक्जिट: ईयु नेताहरुद्वारा बेलायतलाई चेतावनी

युरोपेली संघ (ईयू) का नेताहरूले ब्रेक्जिट अर्थात् ईयूबाट ब्रिटेनको बहिर्गमनसम्बन्धी सम्झौताको मस्यौदालाई ब्रिटिश संसद्‌ले अस्वीकृत गरे फेरि वार्ता नगर्ने चेतावनी दिएका छन्।

जर्मन चान्सलर एंगेला मर्केलले ‘सम्झौताको दस्तावेज टेबलमा गइसकेकोले’ पुनः वार्ता गर्ने ‘प्रश्न नै नउठ्ने’ बताएकी छन्।

फ्रान्सका प्रधानमन्त्रीले ब्रिटेनमा देखिएको ‘अनिश्चितता’का कारण सम्झौता नहुने कुराका लागि तयार रहनुपर्ने औंल्याएका छन्।

नोभेम्बर २५ मा ब्रेक्जिट सम्झौताको मस्यौदालाई अनुमोदन गर्ने योजनाबीच ईयूले त्यसअघि थुप्रै बैठकहरू गर्दैछ।

प्रगति

यद्यपि ब्रिटिश प्रधानमन्त्री मेले ब्रेक्जिट सम्झौताको मस्यौदाप्रति मन्त्रिपरिषद्‌को समर्थन पाएपछि सम्बोधन गर्नुपर्ने थुप्रै कुरा बाँकी भएको नेताहरूले स्वीकारेका छन्।

ब्रेक्जिटसम्बन्धी ईयूका प्रमुख वार्ताकार मिसेल बार्नियरले भने, “दुवै पक्षले अझै थुप्रै गर्न बाँकी छ।”

यो सम्झौता ब्रिटेनको हितमा छः मेब्रेक्जिट मस्यौदामा असहमत मन्त्रीद्वारा राजीनामा‘ब्रिटेन-इयु भावी सम्बन्धका आधारबारे सहमति’

यसअघि बिहीवार जर्मन चान्सलर मर्केलले ब्रेक्जिट वार्तामा भएको प्रगतिबाट आफू खुशी भएको बताएकी थिइन्।

तर ब्रेक्जिट मामिला हेर्ने ब्रिटिशमन्त्री डोमिनिक राबसहितका मन्त्रीको राजीनामाको खबरपछि मर्केलले कुनै सम्झौता विनै ब्रिटेन बाहिरिन सक्ने सम्भावना रहेको बताइन्।

ब्रेक्जिट सम्झौताको अहिले मस्यौदामा संशोधन गर्ने कुनै चाहना नरहेको पनि मर्केलले बताइन्।

अनिश्चितता

उनले भनिन्, “ब्रिटेन र ईयूका २७ सदस्य राष्ट्रहरूले सहमति गरेको दस्तावेज टेबलमा पुगिसकेको छ। अतः हामीले थप वार्ता गर्नुपर्ने प्रश्न नै उठ्दैन।”

ब्रिटेनको राजनीतिक अनिश्चितताबारे फ्रान्सेली प्रधानमन्त्रीले पनि मर्केलको जस्तै धारणा राखेका छन्।

उनले थपे, “ब्रिटेनको वर्तमान राजनीतिक स्थितिले अनिश्चितता निम्त्याउन सक्ने कुरालाई कसैले पन्छाउन सक्दैन।”

यसअघि ब्रिटिश प्रधानमन्त्री मेले आफ्नो सरकारले ईयूसँग गरेको ब्रेक्जिट सम्झौताको मस्यौदाको बचाउ गरेकी थिइन्।

सरकारले समर्थन गरेको सम्झौताको मस्यौदा मुलुकको हितमा रहेको उनले दावी गरिन्।

बिबिसीबाट

कमेन्ट गर्नुहोस्