Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

म्युजिक भिडियो निर्देशनसहित सांगीतिक क्षेत्रमा छलाङ मार्दैः गायक उर्गेन लामा

गायक उर्गेन डि लामा सांगीतिक क्षेत्रका एक चर्चित गायक हुन् ।

लगभग दुर्इ दशक अघिदेखी सांगितीक क्षेत्रमा लागेका उर्गेन लामाले दर्जनौ चर्चित गितहरु नेपाली सांगीतिक क्षेत्रमा पस्किसकेका छन् । केही समयको अन्तराल पछि गायक लामा फेरि आफ्नै गीतको म्युजिक भिडियो डाइरेक्सन सहित सांगीतिक क्षेत्रमा छलांग मार्न पुनरागमन भएका छन् ।

उनी गायकमात्र नभएर एक कुशल थान्का आर्टिस्टको रुपमा चर्चा कमाईसकेका बरिष्ठ थान्का आर्टिस्ट हुन् । विगत २ दशकदेखि थान्का व्यवसाय गर्दै आएका उनी नेपालको टप १० थान्का आर्टिस्टमा पर्न सफल भएका छन् भने गायक उर्गेन एक कुशल तबला बादक पनि हुन् ।

चाँडै नै उनी नयाँ गीत ‘फुलको माला उनेर’ को म्युजिक भिडियो डाइरेक्सनसहित सांगीतिक क्षेत्रमा फर्किन लागेका छन् भने उक्त म्युजिक भिडियोमा चर्चित ग्ल्यामर्स फोटोग्राफर तथा फोटो जर्नालिस्ट कुबेर तामाङ र नब मोडल ज्योति प्रसाइले अभिनय गरेका छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: